अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन सामुहिक आग्रह गर्ने निर्णय | Khabarhub Khabarhub

अध्यक्ष ओलीलाई सचिवालय बैठक बोलाउन सामुहिक आग्रह गर्ने निर्णय


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बोलाएको पार्टी सचिवालयको अनौपचारिक बैठक सकिएको छ।

पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बसेको बैठकले अर्का अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल औपचारिक रुपमा सचिवालय बैठक राख्न आग्रह गर्ने निर्णय गरेको छ ।

बैठकले पार्टीभित्र देखिएका समस्यालाई बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिँदै त्यसका लागि तत्काल सचिवालय बैठक डाक्न अर्का अध्यक्ष ओलीसँग आग्रह गर्ने निर्णय गरेको हो ।

त्यसका लागि शनिबार (भोलि) बिहान अध्यक्ष ओलीलाई भेट्न अध्यक्ष प्रचण्डसहितको टोली बालुवाटार जाने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

ओलीलाई भेट्न आज बैठकमा उपस्थित पाँचैजना पदाधिकारी जाने निर्णय भएको उनले बताए । प्रवक्ता श्रेष्ठले आजको बैठक पनि अध्यक्ष ओलीसँग सल्लाह गरेरै डाकिएको प्रस्ट पारे ।

आजको अनौपचारिक बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपाध्यक्ष वामदेव गौतम, बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल तथा पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित भएका थिए भने अर्का अध्यक्ष केपी शर्माओलीसहित महासचिव विष्णु पौडेल, सदस्य रामबहादुर थापा र ईश्वर पोख्रेल भने उपस्थित भएका थिएनन् ।

 

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ५ : १९ बजे

‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन

म्याग्दी– अन्नपूर्ण आधार शिविर जोड्ने ‘मौरिस हर्जोग’ पदमार्ग पुनःसञ्चालन भएको

इन्डोनेसियाको एक क्याम्पसमा भएको विस्फोटमा परी २० जना घाइते

जकार्ता- इन्डोनेसियाको राजधानी जकार्तास्थित एक क्याम्पसमा शुक्रबार भएका दुई वटा

ओलीलाई जाँचबुझ आयोगले बोलायो भने लाखौँ कार्यकर्ता सिंहदरबार छिर्छन् : महेश बस्नेत

काठमाडौं- नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले पार्टीका अध्यक्ष एवम्

एनपीएल सिजन २ : युनाईटेड बाई क्रिकेट, कनेन्टेड बाई एनसेल

काठमाडौं– एनसेलले नेपाल प्रिमियर लिग (एनपीएल) २०२५ अर्थात एनपीएल दोस्रो संस्करणको

नेतृत्वमा ७० माथिकै रजगज, छोड्न कोही छैनन् तयार  

काठमाडौं– विश्वका हरेक ठूला परिवर्तनमा युवापुस्ता अग्र स्थानमा देखिन्छन् ।