कांग्रेस शीर्ष नेताको बैठक आज पनि  निष्कर्षविहीन  | Khabarhub Khabarhub

कांग्रेस शीर्ष नेताको बैठक आज पनि  निष्कर्षविहीन 


२१ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-   नेपाली कांग्रेसको शुक्रबार बसेको पदाधिकारी बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको १६ बुँदै विरोधपत्रका विषयमा छलफल भएपनि सहमति जुटेन ।

सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको बैठमा असन्तुष्ट पक्षले दर्ता गरेको विरोधपत्रमा छलफल भए पनि ठोस निष्कर्ष ननिस्केपछि पुनः शनिबार (भोलि) दिउँसो १ बजे बस्ने गरी स्थगित भएको केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए ।

‘वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय कार्यालयमा दर्ता गरेको विरोधपत्रका विषयमा छलफल भयो तर निष्कर्ष निस्किएको छैन’, केन्द्रीय सदस्य लेखकले भने, ‘शनिबार बस्ने अनौपचारिक बैठकले पौडेल समूहले उठाएका मागहरुलाई टुंगोमा पुर्‍याउने तयारी छ ।’

बैठकमा सहभागी नेताहरुकाअनुसार पौडेल समूहले आफ्ना माग कुनैपनि हालतमा पूरा हुनुपर्ने अडान राखेका थिए ।

सभापति देउवाले भने गठन भएको विभाग खारेज नगर्ने भन्दै विभागमा सहभागी हुन चाहनेहरुको नाम दिन पौडेल समूहसँग अनुरोध गरेको देउवानिकट एक केन्द्रीय सदस्यले जानकारी दिए ।

बिहीबार बसेको अनौपचारिक बैठकमा इतर समूहले उठाएको मागको सम्बन्धमा संस्थापन पक्ष निर्णयमा पुग्न नसक्दा शुक्रबार बस्ने भनिएको केन्द्रीय कार्यसमिति बैठक कात्तिक २४ गतेलाई सारिएको थियो ।

कांग्रेसभित्र विभाग गठन, क्रियाशील सदस्यता वितरण, अन्य दलबाट आएका नेता–कार्यकर्ताहरुको समायोजन, भ्रातृसंस्थाको पदावधिलगायत विषयमा लामो समयदेखि विवाद छ ।

प्रकाशित मिति : २१ कार्तिक २०७७, शुक्रबार  ७ : ४१ बजे

राजतन्त्र फर्काउने षडयन्त्र स्वीकार्य छैन : बृहत नागरिक आन्दोलन

काठमाडौं– बृहत नागरिक आन्दोलनले नेपाली सेनाको मध्यस्थतामा राजतन्त्र फर्काउने र

लेतेखोलाको बाढीले भौतिक संरचनामा क्षति

म्याग्दी– जिल्लाको बेनी नगरपालिका-४ सिङ्गा तातोपानीमा रहेको लेतेखोलामा आज बिहान

माओवादीले राख्यो पार्टी कार्यालयमा झण्डा 

काठमाडौं– नेकपा माओवादी केन्द्रले पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा पार्टीको झण्डा

दुर्गा प्रसाईँ जंगी अड्डामा छिरेकोप्रति केही जेनजीको आपत्ति 

काठमाडौं– जंगी अड्डा भद्रकालीमा दुर्गा प्रसाईँ छिरेकोप्रति जेनजी युवाले आपत्ति

गभर्नर पौडलको भावुक स्टाटस : विदेशमा काम गरेर बनाएको घर जलेपछि हामी शरणार्थी भयौँ

काठमाडौँ- नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्व पौडेलले सामाजिक सञ्जाल