बाइडेनको अग्रता कायमै, परिणाम नआउँदै विजेता घोषणा नगर्न ट्रम्पको चेतावनी | Khabarhub Khabarhub

बाइडेनको अग्रता कायमै, परिणाम नआउँदै विजेता घोषणा नगर्न ट्रम्पको चेतावनी


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकी राष्ट्रपतीय चुनावमा डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनले आफ्नो अग्रतालाई कायमै राखेका छन् ।

हाल मतगणना भइरहेका पाँच राज्यहरूमध्ये ६ इलेक्टोरल भोट रहेको नेभडामा बाइडेनले अग्रता कायमै राखेका छन् । फक्स न्यूजका अनुसार त्यहाँ ४९ दशमलव ८ प्रतिशत र रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प ४८ प्रतिशत मत प्राप्त गरेका छन् । ट्रम्पभन्दा बाइडेन यहाँ २२ हजार हाराहारी मतले अघि छन् ।

यस्तै  २० इलेक्टोरल भोट रहेको पेन्सिनभेनियामा पनि बाइडेन नै अघि छन् । यो राज्यमा बाइडेन ४९.६ प्रतिशत र ट्रम्प ४९.३ प्रतिशत मतका साथ प्रतिस्पर्धामा छन् ।

१६ इलेक्टोरल भोट रहेको जर्जियामा पनि बाइडेनले अग्रता कायम गरेका छन् । ट्रम्पले अग्रता कायम गरेको यो राज्यमा पछिल्लो २४ घण्टायता बाइडेनले झिनो मतले अग्रता कायम गरेका छन् ।

त्यहाँ १ प्रतिशतको अन्तरले बाइडेन अघि छन् । जर्जिया राज्यको कानून अनुसार ०.५ प्रतिशतको मात्र मतान्तर भएमा त्यहाँ फेरि मतगणना हुन सक्छ ।

१५ इलेक्टोरले भोट रहेको नर्थक्यारोलिनामा भने ट्रम्प अघि छन् । यस्तै ३ इलेक्टोरल भोट रहेको अलास्कामा पनि ट्रम्पले नै अग्रता कायम गरेका छन् ।

यी स्थानमा ट्रम्पले जित नै भने पनि राष्ट्रपति बन्न सम्भब हुने छैन । उनलाई जितका हाल बाइडेनले अग्रता कायम गरेका राज्यमा जित आवश्यक छ ।

तस्वीर : फक्स न्यूज

बाइडेनलाई भने मात्रै ६ इलेक्टोरल भोट नै राष्ट्रपति बन्न पर्याप्त हुनेछ । फक्स न्यूजका अनुसार बाइडेनले अहिलेसम्म जितका लागि चाहिने २७० इलेक्टोरल भोटमध्ये २६४ मत ल्याएका छन् भने ट्रम्पले २१४ भोट ल्याएका छन् ।

निर्वाचन सकिएको छैन, आफैँ विजेता घोषणा नगर्नोस्

राष्ट्रपति ट्रम्पको निर्वाचन अभियान समूहले एउटा विज्ञप्ति प्रकाशित गरेर यो निर्वाचन समाप्त नभएको बताएको छ।

‘जो बाइडन विजेता भएको प्रक्षेपण चार राज्यमा अन्तिम नभएको नतिजामा आधारित छ,’ अभियानका वकिल म्याट मोर्गनले भने।

मोर्गनले बिनाप्रमाण जोर्जिआमा मतपत्रहरू ‘गलत तरिकाले ल्याइएको’ र पेन्सिल्भेनियामा पर्यवेक्षणहरूलाई ‘अर्थपूर्ण पहुँच’ नदिइएको दाबी गरेका छन्।

मोर्गनले सञ्चारमाध्यमले आएको एरिजोनामा बाइडनले जित्ने प्रक्षेपणको खण्डन गर्दै नेभाडामा गलत रूपमा हजारौँ मतदान गरिएको दाबी गरे।

‘ह्वाइट हाउस दाबी गर्न बाइडनले यी राज्यका भर परेका छन् तर निर्वाचन सम्पन्न हुँदा राष्ट्रपति ट्रम्प पुनर्निर्वाचित हुनेछन्,’ उनले भने ।

ट्रम्पले ट्वीटमार्फत पनि बाइडेनलाई आफूखुशी विजेता घोषणा नगर्न चेतावनी दिएका छन् ।

शनिबार बिहान ट्वीट गर्दै ट्रम्पले लेखेका छन्, ‘बाइडेन राष्ट्रपतिमा गलत दाबी नगर। त्यस्तो दाबी म पनि गर्न सक्छु। कानुनी प्रक्रिया भर्खर सुरु भएको छ।’

अवैधानिक भोटहरु गनेर डेमोक्य्राटिक उम्मेदवार जो बाइडेनलाई जिताउन खोजिएको आरोप लगाउँदै ट्रम्पले मतगणना रोक्न माग गर्दै चार वटा राज्यमा मुद्दा दायर गरेका छन् । तर, निर्वाचनमा धाँधली भएको प्रमाण दिन नसक्दा उनका आरोपहरू पुष्टि हुने अवस्था छैन ।

अमेरिकी निर्वाचन प्रणालीअनुसार, आफ्नो मतपत्र हुलाकमार्फत पनि पठाउन सकिने, देशभित्र अनुपस्थित भए देशवाहिरबाट पनि आफ्नो देशको राष्टपतिका लागि मत दिन सकिने संवैधानिक व्यबस्था छ ।

सोही व्यवस्था अनुसार त्यहाँ यसपटक १० करोडभन्दा बढी अमेरिकीले हुलाकमार्फत भोट हालेकाले अन्तिम मतपरिणाम आउन ढिलाई भइरहेको छ ।

यसैकारण पनि अन्तिम परिणामको अनुमान लगाउन सकिने अवस्था छैन ।

अमेरिकामा जटिल प्रकारको निर्वाचन प्रणाली र परिणामको व्यवस्था रहेकाले चुनावी परिणाम आकलन गर्न कठिन हुन्छ । द्वि-दलले मत धेरै प्राप्त गरे पनि स्वतन्त्र उम्मेदवारहरूले राज्यहरूको मत परिणाममा असर पुर्‍याउन सक्छन् ।

अमेरिकामा इलेक्टोरल कजेलको व्यवस्था संविधानको धारा–११ बमोजिम भएको हो, जुन सन् १८०४ को संविधानको १२औँ संशोधनपछि व्यवस्था भएको हो ।

अमेरिकी ८ राज्यहरूमा सबैभन्दा कम इलेक्टोरल संख्या ३ छ । डिस्ट्रिक अफ कोलम्बिया, अलस्का, भोरमेन्ट, डेलाबर, बेइमिङ, नर्थ डेकोटा, साउथ डेकोटा र मोन्टानाबाट ३-३ इलेक्टोरल मत आउँछ । सबैभन्दा धेरै इलेक्टोरल कलेज संख्या ६ करोडभन्दा बढी जनसंख्या रहेको क्यालिफोर्नियामा रहेको छ ।

त्यस्तै, दोस्रो टेक्सासमा ३८ मत तथा फ्लोरिडा र न्युयोर्कसँग समान २९-२९ सिट छ । इलिनोइस र पेन्सिनभेनियासँग २०-२० इलोक्टोरल कलेज छ । इलेक्टोरल संख्या जसले अमेरिकी राज्यहरूमा धेरै लोकप्रिय मत ल्यायो उसैकोमा जान्छ ।

फ्लोरिडा (२९), पेन्सिनभेनिया (२०), मिसिगन (१६), जर्जिया (१६), नर्थक्यारोलिना (१५), मिनासोटा (१०) र विस्कोन्सन (१०) राष्ट्रपति निर्वाचनमा निर्णायक राज्यहरू हुन् ।

अमेरिकी चुनावको औपचारिक परिणामका विभिन्न चरणहरू हुन्छन् ।

जस्तै, १० नोभेम्बरमा राज्यहरूले इलेक्टोरल मत प्रमाणीकरण गर्ने, ८ डिसेम्बरसम्म केन्द्रबाट ५० वटै राज्यमा प्राप्त मतको प्रमाणीकरण गरिसक्ने, १४ डिसेम्बरमा प्रमाणित भएका प्रतिनिधिहरूले सबै अमेरिकी राज्यको राजधानीमा गई आ-आफ्नो मत हाली आधिकारिकता दिलाउनुपर्छ ।

राज्यहरूको आवश्यक प्रक्रिया पूरा भएपछि आगामी ६ जनवरीमा सबै राज्यहरूको इलेक्टोरलको मत संघीय राजधानी वासिङ्टन डीसीमा अमेरिकी कंग्रेसमा मत गणना गरी औपचारिक चरण पूरा हुन्छ । सम्पूर्ण चरण पार गरेपछि २० जनवरीमा अमेरिकी नयाँ राष्ट्रपतिलाई प्रधानन्यायाधीशले शपथ ग्रहण गराउँछन् ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन ५३८ रहेको इलेक्टोरल कलेजको मतमध्ये कम्तीमा २७० ल्याउनुपर्छ । राष्ट्रपतिमा कसैको पनि बहुमत नआए प्रतिनिधिसभाले राष्ट्रपति छान्ने व्यवस्था रहेको छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : ५३ बजे

भुर्तेलको अर्धशतकमा नेदरल्याण्ड्सविरुद्ध नेपाल ६ विकेटले विजयी

काठमाडौं – स्कटल्याण्ड्समा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गतको खेलमा नेपालले

विद्युत् कटौतीले वीरगञ्ज–पथलैया औद्योगिक करिडोरका उद्योग समस्यामा

पर्सा – वीरगञ्जका उद्योगी/व्यवसायीले अघोषित विद्युत् भार कटौती र विद्युत्

नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

नेपालको दोस्रो विकेट गुम्यो, भीम सार्की २७ रन बनाएर आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत नेदरल्याण्ड्सविरुद्ध जवाफी ब्याटिङ गरिरहेको

गण्डकीको बजेटमा माओवादीको असन्तुष्टि, सदन अवरुद्ध गर्ने चेतावनी

पोखरा – गण्डकी प्रदेश सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको