जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई बंशजको नागरिकता दिने बाटो खुल्यो | Khabarhub Khabarhub

जन्मका आधारमा नागरिकता लिएकाहरुको सन्तानलाई बंशजको नागरिकता दिने बाटो खुल्यो


३ बैशाख २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सर्वोच्च अदालतले जन्मसिद्धका आधारमा नागरिकता लिएकाको सन्तानलाई बंशजको नागरिकता दिने गृह मन्त्रालयको निर्णयमाथि अंकशु लगाउने अन्तरिम आदेशलाई निरन्तरता दिननपर्ने आदेश गरेको छ ।

न्यायाधीहरु हरिकृष्ण कार्की र बमकुमार श्रेष्ठको ईजलाशले गृह मन्त्रालयले यसअघि गरेको परिपत्र अनुसार नागरिकता वितरण तत्कालका लागि रोक्न भन्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको अन्तरिम आदेशलाई निरन्तरता दिनुनपर्ने आदेश गरेको हो ।

सर्वोच्चको आदेशपछि अब जन्मका आधारमा नागरिकता लिएकाका सन्तानहरुलाई बंशजको नागरिकता दिन बाटो खुलेको हो । गत भैत १९ गते गृह मन्त्रालयले जन्मसिद्धका आधारमा नागरिकताका लिएकाका सन्तानलाई बंशजको आधारमा नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यलयहरुलाई परिपत्र गरेको थियो ।

तर मन्त्रालयको निर्णय कार्यान्वयन नगर्न माग गर्दै अधिवक्ता बालकृष्ण नेउपानेले रिट दायर गरेका थिए । रिटमाथि सुनुवाई गर्दै न्यायाधीश भण्डारीको एकल ईजलाशले दुबै पक्षलाई छलफलमा बोलाएको थियो ।

प्रकाशित मिति : ३ बैशाख २०७६, मंगलबार  ६ : ०७ बजे

सडकसँग जोडिँदै हुम्लाको दुर्गम गाउँ

हुम्ला – हुम्लाकोे दक्षिण क्षेत्रमा पर्ने अदानचुली गाउँपालिकाको दुर्गम गाउँबस्ती

पर्सामा चार ठाउँबाट राष्ट्रिय परिचयपत्रको विवरण सङ्कलन गरिने

पर्सा – जिल्ला प्रशासन कार्यालय (जिप्रका) पर्साले राष्ट्रिय परिचयपत्र बनाउने

पहलगाम घटना : भैरहवामा शोकसभा र दीप प्रज्वलन

रूपन्देही – भारतको जम्मु कश्मीर राज्यको पहलगाममा भएको आतङ्ककारी हमलामा

कांग्रेस सह-महामन्त्रीको समाचारमा धनुषाका एसपी तिवारीको चासो

काठमाडौं – गत चैत १५ गते राजावादीको प्रदर्शनका क्रममा लुटपाटमा

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

खोटाङ – खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने दुई वडाका