द्वन्द्व पीडित महिला नेपाली कागज बनाउँदै « Khabarhub

द्वन्द्व पीडित महिला नेपाली कागज बनाउँदै


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीको टीकापुर–६ आम्बासामा सशस्त्र द्वन्द्वका पीडित महिलाले नेपाली कागज बनाउन थालेका छन् ।

महिलाले केराको थामबाट नेपाली कागज निर्माण थालेका हुन् । द्वन्द्व प्रभावित महिलाले समूहमार्फत कागज निर्माण कार्य थालेका हुन् ।

टीकापुरमा ३९ सदस्यीय द्वन्द्वपीडित महिला सञ्जाल निर्माण भएको छ । सञ्जालले घाइते तथा अन्य काम गर्न नसक्ने १० जना महिलालाई उद्योगमा रोजगार दिएको छ ।

आम्वासकी कृष्णादेवी चौधरी अहिले घरबाटै नेपाली कागजको लिफाफा अथवा खाम बेच्छिन् । गाउँमै पाइने केराको थामबाट नेपाली कागज उत्पादन गरी खाम तयार गरेर उनले घरबाटै बेच्न थालेकी हुन् ।

‘हामी १० जना महिला काम गर्छौँ । अन्य व्यवस्थापनको काम सञ्जालले गर्छ’, कृष्णादेवीले भनिन्, ‘बजारको चिन्ता छैन, खाम र कागज नै किन्नेहरु घरै पुग्छन्, अन्य ठाउँबाट पनि माग आउन थालेको छ ।’

कागज बनाउन गाउँ घरमा सहजरुपमा पाइने केराको थाम, बावियो र लोक्ताको प्रयोग गरिन्छ । प्रशोधनसहित महिलाले गाउँमै नेपाली कागज उत्पादन गरिरहेका छन् ।

अन्य रोजगार गर्न नसक्ने घाइते महिलाले सामूहिक रुपमा नेपाली कागज उत्पादन गर्ने कार्य गरिरहेका द्वन्द्व पीडित महिला आशा चौधरी बताउँछिन् ।

‘महिलाले उत्पादन गरेको कागज र खामले बजार सहज पाइरहेको छ’, चौधरी भन्छिन्, ‘कैलालीका धेरैजसो सरकारी कार्यालयले यहीबाट कागज र खाम खरिद गरिदिन थालेका छन् । कागजको बजार खोज्न तनाव छैन ।’

टीकापुर नगरपालिकाले प्रभावित महिलाका लागि रु पाँच लाख सहयोग गरेपछि उनीहरुले उद्योग खोलेका हुन् । महिलाले विसं २०७६ वैशाख १० गतेबाट तालिमपछि उद्योग सञ्चालन गरेका हुन् ।

नगरपालिकाले महिलाले व्यवसाय सञ्चालन गरेकाले थप सहयोग गर्ने बताएको छ ।

‘उहाँहरुले राम्रो काम गर्नुभएको छ । हामी थप मेसिन आवश्यक भए सहयोग गर्नेछौँ’, नगरप्रमुख तपेन्द्रबहादुर रावलले भने, ‘उत्पादित कागजको बजारीकरणका लागि पनि हामी सहयोग गर्नेछौँ ।’

उद्योगमा आवद्ध महिलाले यसरी गाउँमै काम गर्न पाउँदा घर खर्च चलाउन सहज हुने बताएका छन् ।

स्थानीय स्रोत साधनको प्रयोग हुने, गाउँघरमा स्वरोजगारको अवसर प्राप्त हुने भएकाले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न उद्योगले सहयोग पुगाएको स्थानीय गणेश क्षेत्री बताउँछन् ।

‘केराको उत्पादन लिएपछि विकारको रुपमा केराको थामलाई फाल्ने गरिन्छ । तर त्यही केराको थामलाई प्रयोग गरी आम्वासका महिला आम्दानीको स्रोतको रुपमा विकास गर्दै गएका छन्’, क्षेत्री भन्छन्, ‘बहुउपयोगी केरा खेतीलाई यसले प्रवर्द्धन गर्छ । महिलालाई आर्थिक रुपमा बलियो बनाउन सघाएको छ ।’

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ९ : ५८ बजे

एन्फाका कोषाध्यक्ष र लेखापाल पक्राउ

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र

भोटेकोशी बाढीको नामाकरण गर्दैछ सरकार

काठमाडौं । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको नामकरण

क्रियाशील सदस्यता विवादपछि कांग्रेस सर्लाहीका दुई नेताले दिए राजीनामा

काठमाडौं – नेपाली कांग्रेस सर्लाहीमा क्रियाशील सदस्यता वितरण तथा नवीकरणको

पार्टीको वडा अधिवेशनमा सहभागी हुन कांग्रेसको आग्रह

काठमाडौं – नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

४२ उपसचिव तथा प्रमुख प्रशासकीय अधिकृतको सरुवा (सूचीसहित)

काठमाडौं – सरकारले नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका ४२