ओलीलाई भेट्न दाहालसहितका शीर्ष नेता बालुवाटारमा | Khabarhub Khabarhub

ओलीलाई भेट्न दाहालसहितका शीर्ष नेता बालुवाटारमा


२२ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहितका शीर्ष नेताहरू बालुवाटार पुगेका छन् ।

दाहालसहित शीर्ष नेताहरू माधव कुमार नेपाल, झलनाथ खनाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठ बिहान सवा ११ बजे बालुवाटार पुगेका हुन् ।

केन्द्रीय सचिवालय बैठक बोलाउन आग्रह गर्दै शीर्ष नेताहरू बालुवाटारमा भेला भएको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बालुवाटार पुग्नअघि आज पनि दाहालसहितका नेताहरूले पार्टी कार्यालय धुम्बाराहीमा छलफल गरेको बताइएको छ ।

यसअघि शुक्रबार धुम्बाराहीमा अनौपचारिक बैठकले सचिवालय बैठक बोलाउन ओलीलाई आग्रह गर्ने निर्णय गरेको थियो ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै माधव नेपाल र दाहाल पक्ष ओलीसँग असन्तुष्ट छ । पछिल्ला घटनाक्रमपछि नेकपाका केही नेताहरूले प्रधानमन्त्री ओलीको सार्वजनिक रूपमा आलोचना गर्दै आएको छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीलाई पदच्युत गर्ने दाउमा लागेको बताइन्छ ।

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ११ : ४१ बजे

पाकिस्तानले गर्‍यो भारतविरुद्ध आक्रमणको घोषणा

पाकिस्तान- पाकिस्तानले भारतविरुद्ध प्रत्याक्रमणको घोषणा गरेको छ। भारतले आक्रमण गरेको

ओलम्पियन केसीलाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’

गण्डकी– नवौँ संस्करणको पोखरा स्पोर्ट्स अवार्डअन्तर्गत लाइफटाइम अचिभमेन्ट अवार्ड ओलम्पियन

पाकिस्तानमा अध्ययनरत विद्यार्थीसँग सम्पर्कमा छौँ : परराष्ट्र

काठमाडौं– परराष्ट्र मन्त्रालयले पाकिस्तानमा अध्ययनरत नेपाली विद्यार्थीसँग निरन्तर सम्पर्कमा रहेको

सेती नदी जलविद्युत् आयोजनाबाट राम्रो उत्पादन

काठमाडौं– कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगरपालिकास्थित सेती नदीमा

पाकिस्तानी एयर बेसमा भारतीय मिसाइल आक्रमण

काठमाडौं- पाकिस्तानले भारतले उसको तीन वटा सैन्य एयर बेसमा मिसाइल