यी हुन् भगवान् श्रीकृष्णको राधासँग विवाह नहुनुका ४ कारण « Khabarhub

यी हुन् भगवान् श्रीकृष्णको राधासँग विवाह नहुनुका ४ कारण


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- जब साँचो प्रेम र विश्वासको कुरा हुन्छ, तब सबैभन्दा पहिला भगवान् श्रीकृष्ण र राधाको प्रेम जोडिन्छ ।

कसैको प्रेम सफल हुने बित्तिकै हामी वाह ! कस्तो प्रेम राधा-कृष्णको जोडीजस्तो लगायतका शब्दबाट तारिफ गर्छौ । तर, राधा र कृष्णबीच अत्यन्तै निकट प्रेम भए पनि विवाह भने हुन सकेन । किन त ?

आज हामी तपाईलाई श्रीकृष्ण र राधाको प्रेम किन विवाहरुमा परिणत हुन सकेन भन्ने बारेमा जानकारी गराउँदै छौ ।

यी हुन् ४ कारण

१. राधाको  इन्कार

यस्तो पनि मान्यता छ कि, राधाले श्रीकृष्णसँग विवाह गर्न इन्कार गरेकी थिइन् । किनभने उनलाई लाग्थ्यो कि, उनी महलको जीवनका लागि बनेकी थिइनन् ।

उनी एक ग्वाली थिइन् । तर, मानिसहरु श्रीकृष्णलाई कोही राजकुमारीसँग विवाह भएको हेर्न चाहान्थे । श्रीकृष्णले राधालाई सम्झाउन धेरै कोशिस गरे तर, राधा आफ्नो दृढताबाट पछि सरिनन् ।

२. समाजका कारण

भनिन्छ, सामाजिक नियमको दलदलमा फसेर राधा कृष्णको प्रेम कहानी अधुरो भएको थियो । उनीहरुको प्रेमका बीच पनि सामाजिक नियमले खलनायकको भुमिका खेल्यो । राधा र श्रीकृष्णलाई सामाजिक पृष्ठभूमीले उनीहरुको विवाहको अनुमति दिएन ।

३. श्राप

व्रह्मवैवर्त पुराणका अनुसार पृथ्वीमा आउनु भन्दा अगाडि राधाको श्रीकृष्णकी सेविकासँग बहस भएको थियो । जसका कारण श्रीकृष्णकी सेविकालाई राधाले राक्षसरुपमा पैदा हुने श्राप दिइन् । श्रीदामाले पनि राधालाई उनी मानवरुपमा जन्मिएका बेला आफ्ना प्रियतमसँग १०० वर्षको लागि बिछोड हुने श्राप दिएकी थिइन् ।

४. प्रेम र विवाह दुई फरक कुरा

भनिन्छ, भगवान् श्रीकृष्णले राधासँग यसकारण पनि विवाह गरेनन् उनी यो साबित गर्न चाहान्थे कि प्रेम र विवाह फरक कुरा हुन् । प्रेम एक निःस्वार्थ भावना हो भने विवाह एक सम्झौता हो वा अनुबन्ध हो । – एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ५ : ४५ बजे

पहिराले मुख्य राजमार्ग र सडकखण्ड पूर्ण रुपमा अवरुद्ध

काठमाडौं– केही दिनयतादेखिको वर्षासँगै आएको पहिराका कारण देशभरीमा विभिन्न मुख्य

यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

स्थानीय पहिचान र उद्यम विकासमा उत्साह थपेर सकियो स्वयम्भू महोत्सव 

काठमाडौं– वडाको पहिचान, वडाभित्रका धार्मिक, सांस्कृतिक तथा सामाजिक पहिचान र

जथाभावी सप्लिमेन्ट : अनावश्यक सेवनले मिर्गौला र युरिक एसिडको जोखिम

काठमाडौँ – पछिल्लो समय जिम जाने युवा हुन् वा ‘फिट’

मुग्लिन-नारायणगढ खण्डको तुइन खोलामा पहिरो : सडक खुलाउने प्रयास जारी

चितवन – नारायणगढ-मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोलामा ढुङ्गासहितको पहिरो खस्दा सडक