हुम्लाको अदानचुलीमा नियमित खोप सेवा शुरु « Khabarhub

हुम्लाको अदानचुलीमा नियमित खोप सेवा शुरु


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको तल्लो क्षेत्रमा रहेको आदानचुली गाउँपालिकामा नियमित खोप सेवा शुरु भएको छ ।

अदानचुलीको पालिका केन्द्र श्रीनगरमा रहेको खोप केन्द्रमा नियमित खोप लगाउने कार्य शुक्रबारबाट शुरु गरिएको हो ।

श्रीगनर स्वास्थ्यचौकीबाट वितरण हुने खोप उपलब्ध भएसँगै वडा नं १ देखि ५ वडामा रहेका सबै खोप केन्द्रमा लगाउन शुरु गरिएको हो ।

प्रत्येक महिनाको एकपटक गर्भवती तथा बालबालिकालाई लगाइने नियमित खोप शुक्रबारदेखि लगाउन शुरु गरिएको श्रीनगर स्वास्थ्यचौकीका इन्चार्ज सामशरण थापाले जानकारी दिए ।

पहिलो दिन कल्खे सामुदायिक स्वास्थ्य एकाइको खोप केन्द्रबाट शुरु भएको यो कार्यक्रम २५ गतेसम्मका लागि निरन्तर हुने भएको इन्चार्ज थापाले जानकारी दिए ।

नियमित खोप गर्भवती तथा बालबालिका लागि अनिवार्य लगाइनुका साथै प्रत्येक महिना नियमितरूपमा नछुटाएर खोप लगाउँदा अन्य रोग लाग्नबाट सजिलै लड्न सक्ने हुनाले सबैले यो खोप लगाउन आवश्यक छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १० : ५७ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र