गोकुल बाँस्कोटाले गरे नेकपा सचिवालय पुनर्गठनको प्रस्ताव | Khabarhub Khabarhub

गोकुल बाँस्कोटाले गरे नेकपा सचिवालय पुनर्गठनको प्रस्ताव


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पूर्वमन्त्री गोकुल बाँस्कोटाले नेकपा सचिवालय पुनर्गठनको  प्रस्ताव गरेका छन् ।

आइतबार सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले सचिवालयमा पुरानाभन्दा नयाँ पुस्ताका नेताहरुको बाहुल्यता रहने गरी पुनर्गठन गरी नेतृत्व नयाँ पुस्तामा हस्तान्तरण प्रकिया सुरू गर्न प्रस्ताव गरेका हुन्।

उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण र नेतृत्व विवाद अन्त्यका लागि पनि सचिवालयमा नयाँ पुस्ताको बाहुल्यता हुनुपर्ने उल्लेख गरेका छन् ।

बाँस्कोटाले ट्वीटमा भनेका छन्, ‘नयाँपुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने प्रकृया पार्टी सचिवालयमा पुरानाभन्दा नयाँपुस्ताका नेताहरुको बाहुल्यता रहने गरी सचिवालयको पुनर्गठनबाट सुरु गरौँ। कमसेकम दुई कार्यकालका झन्झटपुर्ण खेल खत्तम ।’ सामाजिक सञ्जाल ट्विटरमा बाँस्कोटाले लेखेका छन्।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  १२ : ३९ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ