सचिवालय बैठकको मागपछि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता « Khabarhub

सचिवालय बैठकको मागपछि प्रधानमन्त्री ओली र नेता नेपालबीच भेटवार्ता


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता जारी छ ।

नेकपाभित्रको अन्तर्विरोध चुलिँदै जाँदा प्रधानमन्त्री ओली र नेता नेपालबीच आइतवार दिउँसो भेटवार्ता हुने कार्यक्रम तय भएको थियो । नेपालसँगै नेताहरु सुरेन्द्र पाण्डे, भीम रावल, रघुजी पन्त पनि बालुवाटार पुगेका छन् ।

प्रधानमन्त्रीको सचिवालयले नेपाललाई प्रधानमन्त्रीले छलफल गर्न चाहेको बताएको थियो । त्यसपछि नेपाल आफूनिकट सदस्यका साथ बालुवाटार पुगेका हुन् ।

स्रोतका अनुसार ओली र नेपालबीच दिउँसो १ बजेदेखि नै छलफल जारी छ ।

शनिवार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित पाँच सदस्यले शनिवार प्रधानमन्त्रीलाई भेटेर सचिवालयको बैठक बोलाउन माग गरेका थिए ।

त्यसको भोलिपल्ट ओलीले नेपाललाई भेट्न बोलाएका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ३ : २७ बजे

इंग्ल्यान्डसँगको खेलअघि नर्वेको जर्सी अभाव, किन्नका लागि प्रशंसक रातभर लाइनमा

काठमाडौँ – विश्वकपको क्वाटरफाइनलमा इंग्ल्यान्डसँगको भिडन्तअघि युरोपभर नर्वेको राष्ट्रिय फुटबल

अमेरिका–इरान द्वन्द्व : १४ सर्वसाधारणको मृत्यु, होर्मुज हुँदै आवतजावत गर्ने जहाज घटे

काठमाडौं – अमेरिका र इरानबीच सैन्य आक्रमणको शृङ्खला बिहीबार पनि

ठोरीमा भारतीय सवारीलाई अस्थायी पास, दुई कर्मचारी खटाइयो

काठमाडौं- पर्साको ठोरी नाकाबाट भारतीय सवारीसाधनलाई सरकारले ‘अस्थायी प्रवेश पास’ दिने व्यवस्था

रुसी ट्यांकरमा युक्रेनको आक्रमण तीव्र

काठमाडौं – युक्रेनले रुसद्वारा अधिग्रहित क्रिमिया वरपरका समुद्री आपूर्ति मार्गमा ड्रोन आक्रमण

काठमाडौं महानगरको अधिवेशन सम्पन्न

काठमाडौं– काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन एवं नगरसभा सम्पन्न भएको छ