निशान र अञ्जुको ‘ढाकाटोपी’ (भिडियो) « Khabarhub

निशान र अञ्जुको ‘ढाकाटोपी’ (भिडियो)


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लोकप्रिय गायिका अञ्जु पन्त र निशान भट्टराईको आवाज रहेको ‘ढाकाटोपी’ बोलको गीत सार्वजनिक गरिएको छ । उक्त गीत शुक्रवार ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

रघु परियारले रचना गरेका शब्दमा माया पिरतीका भावना व्यक्त गरिएको छ । यस्तै गीतमा पुरुषोत्तम न्यौपानेको संगीत रहेको छ भने गीत प्रिज्मा स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा कैशा रावत, जय रसाइली र दीपारत्न श्रेष्ठलाई देख्न सकिन्छ । बिहेको माहोल तयार पारेर भिडियोको छायांकन गरिएको छ ।

सौरभ लामाले छायांकन गरेको भिडियोलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् । यस्तै भिडियोको निर्देशन रामजी लामिछानेले गरेका हुन् ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ४ : ०७ बजे

प्रधानमन्त्री बालेनको उद्योगी व्यवसायीसँग श्रृंखलाबद्ध भेटघाट, अर्थतन्त्र चलायमानमा कति फरक पर्ला ?

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ सरकार बनेको एक सय दिनसम्म

एक वर्षमा २० खर्ब ९६ अर्बको आयात, निर्यात तीन खर्ब नाघ्यो

काठमाडौं– गत आर्थिक वर्ष ०८२-८३ को १ वर्ष अवधिमा नेपालमा

टेकुको आधुनिक फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने

काठमाडौं– काठमाडौं महानगरपालिकाले टेकुमा निर्माणाधीन आधुनिक फोहोर स्थानान्तरण केन्द्रलाई मंसिरभित्र

नेपालले गुमायो पाचौँ विकेट, दीपेन्द्रसिंह ऐरी आउट

काठमाडौं- आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेदरल्याण्ड्सविरुद्ध नेपालले पाचौँ विकेट

राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ

काठमाडौं– कथावाचिका राधिका दासीको उजुरीमा वेदिका केसी पक्राउ परेकी छन् ।