भारतद्वारा नेपाललाई २८ भेन्टिलेटर सहयोग (भिडियोसहित) « Khabarhub

भारतद्वारा नेपाललाई २८ भेन्टिलेटर सहयोग (भिडियोसहित)


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यस अघि भारतले नेपाललाई बैशाख १० गते पारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक सामाग्री, जेठ ४ गते कोभिड-१९ परिक्षण कीट (आरडीटी-पीसीआर), श्रवाण २५ गते आइसीयु भेन्टटिलेटर तथा भाद्र ३० गते रेमडेसिभर औषधी समेत सहयोग गरेको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड-१९ महामारी विरुद्धको लडाइँमा भारतको सधै साथ र सहयोग रहने बताए । उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहने समेत बताए ।

हेरौं भिडियो

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ५१ बजे

नेपालले ओमानलाई दियो २५७ रनको लक्ष्य

काठमाडौं– आईसीसी विश्वकप लिग २ क्रिकेटअन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानलाई

चीनको हुनानमा पटाखा कारखाना विस्फोट : २१ जनाको मृत्यु, ६१ घाइते

बेइजिङ– मध्य चीनको हुनान प्रान्तस्थित एक पटाखा उत्पादन कारखानामा भएको भीषण

विपी राजमार्गको जोखिम स्थानमा माइक्रोबस चलाउने चालक प्रहरीको नियन्त्रणमा

काठमाडौं– विपी राजमार्गअन्तर्गत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा

वर्षाका कारण पहिरो खस्दा विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौं– केही दिनयताको वर्षाका करण पहिरो खस्दा देशका विभिन्न क्षेत्रका

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मंगलबारे– इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको पिठोबाट