भारतद्वारा नेपाललाई २८ भेन्टिलेटर सहयोग (भिडियोसहित) « Khabarhub

भारतद्वारा नेपाललाई २८ भेन्टिलेटर सहयोग (भिडियोसहित)


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतले नेपाललाई २८ वटा भेन्टिलेटर सहयोग गरेको छ । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणमा सहयोग पुर्‍याउने उद्देश्यले उक्त स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राले आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।

यस अघि भारतले नेपाललाई बैशाख १० गते पारासिटामोल, हाइड्रोक्लोरोक्वीन लगायतका अत्यावश्यक सामाग्री, जेठ ४ गते कोभिड-१९ परिक्षण कीट (आरडीटी-पीसीआर), श्रवाण २५ गते आइसीयु भेन्टटिलेटर तथा भाद्र ३० गते रेमडेसिभर औषधी समेत सहयोग गरेको थियो ।

स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै राजदूत क्वात्राले कोभिड-१९ महामारी विरुद्धको लडाइँमा भारतको सधै साथ र सहयोग रहने बताए । उनले यस किसिमका आवश्यक सहयोग गर्न भारत सधैं प्रतिबद्ध रहने समेत बताए ।

हेरौं भिडियो

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ८ : ५१ बजे

सञ्चारमन्त्रीद्वारा देश र जनताको हितमा काम गर्न निर्देशन

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले देश र जनताको

अब कसको होला कांग्रेस र रुख चिह्न ?

काठमाडौं– नेपाली कांग्रेसले बुधबारदेखि अर्को पीडा अर्थात् विभाजन खेपेसँगै वैधानिकताको

विशेष महाधिवेशनमा नारा, ‘सानेपा खाली गर, गगन-विश्व आउँदैछन्’

काठमाडौं- नेपाली कांग्रेस संस्थापन पक्षको केन्द्रीय कार्य समिति बैठकले महामन्त्रीद्वय

तीनै फिल्मलाई बराबर जस्तै शो, सबैको प्रि–बुकिङ न्यून

काठमाडौं – तीन फिल्महरु ‘गोबर गणेश’, ‘मिरमिरे’ र ‘भाइरल गोर्खे’को