कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा लेखक | Khabarhub Khabarhub

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा लेखक


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा बनाउने सहमति भएको छ ।

आइतबार शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा यस्तो सहमति भएको हो ।

यसअघि समितिको संयोजक नरहरि आचार्यलाई बनाउने छलफल भए पनि आचार्यले स्वास्थ्यको कारण देखाउँदै पछि हटेपछि लेखकलाई सो जिम्मेवारी दिइएको हो ।

आचार्य १३औँ महाधिवेशनमा पनि क्रियाशील सदस्यता छानबिन समितिका संयोजक थिए ।

आइतबारको छलफलमा लेखकको नाममा पौडेल पक्षले पनि सहमति जनाएको छ ।

समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एकजना राख्ने सहमति भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ३७ बजे

रौतहटबाट गाँजासहित दम्पत्ति पक्राउ

रौतहट । रौतहटमा अवैध लागूऔषध गाँजासहित एक दम्पत्ति पक्राउ परेका

मुम्बईविरुद्ध दिल्लीको रोमाञ्चक जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत दिल्ली क्यापिटल्सले मुम्बई

चर्च ब्वाइजले जित्यो भोजपुर गोल्डकपको उपाधि

भोजपुर – भोजपुरमा जारी सातौं संस्करणको अन्तराष्ट्रिय आमन्त्रति मेयर भोजपुर

आजका समाचार : उपनिर्वाचनदेखि क्रिकेटमा नेपालको जितसम्म

इलाममा ५८ प्रतिशत मतदान इलाम क्षेत्र नं २ मा प्रतिनिधिसभा

हावाहुरीका कारण ४० परिवारका घरमा क्षति

बाजुरा– आज आएको हावाहुरीका कारण बाजुरा ठूलो क्षति भएको छ