कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा लेखक « Khabarhub

कांग्रेस क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा लेखक


२३ कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकलाई क्रियाशील सदस्यता छानबिन समितिको संयोजकमा बनाउने सहमति भएको छ ।

आइतबार शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बसेको पदाधिकारी बैठकमा यस्तो सहमति भएको हो ।

यसअघि समितिको संयोजक नरहरि आचार्यलाई बनाउने छलफल भए पनि आचार्यले स्वास्थ्यको कारण देखाउँदै पछि हटेपछि लेखकलाई सो जिम्मेवारी दिइएको हो ।

आचार्य १३औँ महाधिवेशनमा पनि क्रियाशील सदस्यता छानबिन समितिका संयोजक थिए ।

आइतबारको छलफलमा लेखकको नाममा पौडेल पक्षले पनि सहमति जनाएको छ ।

समितिमा सभापति देउवा पक्षबाट संयोजकसहित ३ जना, वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट २ जना र कृष्णप्रसाद सिटौला पक्षबाट एकजना राख्ने सहमति भएको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०७७, आइतबार  ९ : ३७ बजे

यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्य 

काठमाडौं- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको

हात्ती पीडित बोटे परिवारलाई राहत

चितवन– जंगली हात्ती  ध्रुवेको आक्रमणमा परी ज्यान गुमाएका भरतपुर महानगरपालिका–२३ का

चिकित्सकको सुझावपछि गणेश नेपालीलाई तत्काल भारत नलगिने

काठमाडौं– सरकारले जलनका बिरामी मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय

व्यावसायिक कृषि पेसाबाट मनग्ये आम्दानी

भोजपुर– यहाँको षडानन्द नगरपालिका–१ नेपालडाँडा थापाथलीका जीवन थापाले गाउँमा फर्किएर