सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड, कार्यदल सक्रिय बनाउन खोज्दै ओली | Khabarhub Khabarhub

सचिवालय बैठक बोलाउने तयारीमा प्रचण्ड, कार्यदल सक्रिय बनाउन खोज्दै ओली


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारसम्ममा सचिवालय बैठक नबोलाए बहुमत सदस्यको निर्णय बमोजिम बैठक बोलाउने तयारी कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर दाहाललाई भेट्न खुमलटार पुगेका महासचिव विष्णु पौडेलले पार्टी विधानअनुसार सचिवालय बैठक बोलाउने जानकारी गराएको स्रोतले बताएको छ । त्यसक्रममा दाहालले बहुमत सदस्यको माग बमोजिम सामूहिक तवरमा पार्टी विवाद हल गर्ने बताएको स्रोतले जनाएको छ ।

आफूसँग सचिवालय वा स्थायी समिति बैठक बोलाउने अधिकार भए पनि सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्र पठाउँदा पनि बेवास्ता भए अब नकुर्ने बताएका छन् ।

बहुमत सचिवालय सदस्यले बैठक डाक्न दिएको दुई दिनको समयसीमा सकिदै गर्दा एक नम्बर अध्यक्ष ओलीले भने फेरि कार्यदललाई सक्रिय बनाउने तयारी गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेकपाभित्रको विवादबारे छलफल गर्न पार्टी विवाद समाधान कार्यदलका ६ जना सदस्यहरुलाई बालुवाटार बोलाएका हुन् ।

सो कार्यदलमा महासचिव विष्णु पौडेल, नेताहरु भीम रावल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र पम्फा भुसाल छन् । बैठकमा पूर्वएमाले पक्षका नेताहरु मात्र सहभागी हुने भएका छन् ।

पूर्वमाओवादीका नेता शर्मा कोरोना संक्रमण भएर होम आइसोलेसनमा रहेका छन् भने पम्फा भुसालले आफू उपस्थित हुन नसक्ने बताएकी छिन् ।

यसअघि पार्टी विवाद समाधानका लागि गत साउनमा ६ सदस्यीय कार्यदल गठन गरिएको थियो । उक्त कार्यदलमा ४ जना पूर्वएमालेबाट छन् भने २ जना पूर्वमाओवादी समूहबाट छन् ।

आफ्नो सहमतिबिना कुनै पनि बैठक राखे पार्टी विभाजनको अवस्थामा पुग्न सक्ने चेतावनी दिएका ओली फेरि रक्षात्मक बनेका हुन् ।

ओलीले आइतबार वरिष्ठ नेता माधव कुमार नेपाललाई बालुवाटारमा बोलाएर छलफल गरेका थिए । उक्त छलफलमा ओलीले पार्टी विभाजनबाट जोगाउने भूमिका खेल्न नेता नेपाललाई आग्रह गरेको बताइएको छ ।

नेकपाका कार्यकारी अध्यक्ष दाहाल, वरिष्ठ नेता नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठले सामूहिकरुपमा दुई दिनअघि लिखित माग राख्दै बैठक डाक्न दिएको दुई दिनको समयसीमा आजै सकिदै छ ।

आवश्यक सल्लाह गरेर बैठक डाक्ने बचन दिएका ओलीले अझै त्यसबारे निर्णय नगर्दा दाहाल-नेपाल समूह आन्तरिक तयारीसँगै ओलीको कदम कुरेर बसेका छन् ।

एकलौटीरूपमा राजदूत सिफारिस, मन्त्रिमण्डल पुनर्गठन, कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध ल्याइएको अविश्वासको प्रस्ताव र ‘रअ’ प्रमुखसँग प्रधानमन्त्री ओलीले भेटेको भन्दै दाहाल-नेपाल पक्ष ओलीसँग असन्तुष्ट छ ।

सरकारले महत्वपूर्ण निर्णय गर्नुपूर्व सचिवालयका सदस्यको सुझाव, अध्यक्षद्वयको आपसी परामर्श र सहमतिको आधारमा गर्नुपर्ने भदौ २६ गतेको स्थायी कमिटी बैठकका निर्णय प्रधानमन्त्री ओलीले पालना नगरेको दाहाल-नेपाल पक्षको आरोप छ ।

तर, पार्टी काममा केन्द्रित हुने पर्ने दाहालले सरकारले गर्ने स-साना काममा पनि हस्तक्षेप गर्न खोजेको ओली पक्षीय नेताहरू बताउँछन् ।

विवाद बढ्दै गएपछि ओली समूह सम्झौतामा फेरि अर्को संकट टार्ने कसरतमा छ भने दाहाल-नेपाल समूह ओलीकाविरूद्ध बहुमतबाट निर्णय गर्ने तयारीमा जुटेको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १ : ३८ बजे

च्याम्पियन्स लिग : पहिलो लेगमा बोरुसिया डर्टमुण्डको जित

काठमाडौं– युरोपियन च्याम्पियन्स लिग दोस्रो सेमीफाइनलको पहिलो लेगमा बोरुसिया डर्टमुण्डले जित

आज वेस्ट इन्डिजविरुद्ध सिरिजको चौथो खेल खेल्दै नेपाल

काठमाडौं – बिहीबार नेपालले वेस्ट इन्डिज ‘ए’ सँग टी-२० सिरिजको

आईपिएल : साविक विजेता चेन्नईमाथि पञ्जाबको शानदार जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं- आज २०८१ साल वैशाख २० गते बिहीबार सन् २०२४

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख २० गते बिहीबार तदनुसार