यी हुन ५ सय बढी सक्रिय संक्रमित रहेका नेपालका १३ जिल्ला  « Khabarhub

यी हुन ५ सय बढी सक्रिय संक्रमित रहेका नेपालका १३ जिल्ला 


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  स्वास्थ्य मन्त्रालयले नेपालमा हालसम्म १३ जिल्लामा  ५ सय भन्दा धेरै सक्रिय कोरोना संक्रमित रहेको जनाएको छ ।

मन्त्रालयका अनुसार उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर)सहित झापा, मोरङ सुनसरी, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, कास्की, नवलपरासी (पूर्व), दाङ र रुपन्देहीमा ५ सय बढी सक्रिय कोरोना संक्तमित रहेका छन् ।

यसैबीच नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या १ लाख ९७ हजार २४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १२६ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त हुनेको संख्या १ हजार ७९८ रहेको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या १ लाख ५९ हजार ७२४ रहेको छ ।

कोरोना संक्रमण मुक्त हुनेको दर नेपालमा ८१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  १० : ३१ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल