प्रदेश २ मा ४६ कोरोना संक्रमित थपिए, ९८ डिस्चार्ज « Khabarhub

प्रदेश २ मा ४६ कोरोना संक्रमित थपिए, ९८ डिस्चार्ज


२४ कार्तिक २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुर- प्रदेश २ मा पछिल्लो २४ घण्टामा थप ४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुर, नारायणी उपक्षेत्रीय अस्पताल वीरगंज, गौर अस्पताल रौतहट र गजेन्द्र नारायण सगरमाथा अस्पताल राजबिराजमा गरिएको परीक्षणमा ९ महिला र ३७ पुरुषमा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनालय प्रदेश २ का जनुस्वास्थ्य अधिकृत विपिन कुमार यादवका अनुसार यो अवधिमा थप १ जनाको मृत्यु भएको छ।

सोमवार सिरहाको मिरचैया नगरपालिका वडा नम्बर १ मा घर भएका ६५ वर्षीय पुरुषको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो।

यससँगै प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ सय ८१ पुगेको छ। हालसम्म सबैभन्दा बढी प्रदेशको पर्सा जिल्लाका ५० जनाको केभिड १९ संक्रमणका कारण मृत्यु भएको छ।

उनका अनुसार सोमवार प्रदेशमा १७ जना महिला र ८१ जना पुरुष गरी कुल ९८ जना कोभिड १९ संक्रमणबाट निको भएर घर फर्किएका छन्। योसँगै प्रदेशमा कोरोनाबाट निको हुनेको संख्या १४ हजार ९सय ८ पुगेको छ।

प्रकाशित मिति : २४ कार्तिक २०७७, सोमबार  ९ : ०४ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र