भाइमसलाको भाउ घटे पनि व्यापार बढेन | Khabarhub Khabarhub

भाइमसलाको भाउ घटे पनि व्यापार बढेन


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– तिहारमा दिदीबहिनीले आफ्ना दाजुभाइलाई टीका लगाइदिएर उपहारसँगै दिने ‘भाइमसला’ को व्यापार निकै ठूलो हुने गर्छ ।

भाइमसला भनिने खानेकुरामा ओखर, बदाम, काजु, किसमिस लगायत महँगा मानिने चिजहरू हुन्छन् । विशेषगरी तिहार निजिकै आउँदै गर्दा बजारमा भाइमसला किन्ने दिदीबहिनीको भिडभाड निकै बाक्लो हुन्छ । काठमाडौँको असन-इन्द्रचोक क्षेत्रमा त ठेलामठेल भिड हुने गर्छ ।

अन्यत्र पनि पसलहरूमा दिदीबहिनीको भिड लाग्छ । तिहारमा ठूलो परिमाणमा भाइमसला बिक्री हुने भए पनि यस वर्ष व्यापार निकै निराशाजनक भएको व्यापारीहरू बताउँछन् । कोरोना भाइरस संक्रमणको भयका कारण व्यापार घटेको उनीहरूको भनाइ छ ।

कोरोना माहामारीले ६ महिनाभन्दा लामो समय ठप्प भएको बजार लकडाउन खुलेपछि पनि पहिलेझैँ चलायमान हुन नसकेको व्यापारीहरू बताउँछन् । भाइमसलामा वर्षभरिको आधा हिस्सा व्यापार तिहारमा हुने गरेको भए पनि यस वर्ष व्यापार नचम्किएको खुद्रा व्यापारी रमेश कटुवालको भनाइ छ ।

‘खुद्रा व्यापारमा विशेषगरी भाइमसलाका सामानहरू तिहारमा वर्षभरिको व्यापारको आधा हिस्सा हुने गर्थ्यो,’ कटुवालले भने, ‘यो वर्ष त तिहारको व्यापार चौपट होला जस्तो छ ।’

भाइटीका आउन एक सातामात्र बाँकी हुँदा पनि बजारमा दिदीबहिनीको चहलपहल नदेखिएको कटुवालले बताए । उनले भने, ‘कोभिडका कारण ८ महिनासम्म व्यापार ठप्प भयो, तिहारमा केही होला कि भन्ने आशा छ, हेरौँ के हुन्छ !’

प्रायजसो चाडपर्वको समयमा हरेक सामग्रीको मूल्य बढ्ने गर्छ । व्यापारीले पनि अनेक बहानामा उपभोक्तासँग महँगो मूल्य लिने गर्छन् । यस वर्ष भने तिहारमा भाइमसलाको मूल्य २० प्रतिशतसम्म घटेको व्यापारीहरूको भनाइ छ ।

समान कटाउन मूल्य कटौती

विगतको तुलनामा यस वर्ष बजारमा चहलपहल कम भएकोले व्यापारीहरूले आफूसँग रहेको सामान मूल्य घटाएरै भए पनि बेच्न चाहेको नेपाल खुद्रा व्यापार संघका पदाधिकारीहरूको भनाइ छ ।

संघका अध्यक्ष राजकुमार श्रेष्ठ भन्छन्, ‘कोभिडका कारण लामो समयदेखि व्यापार ठप्प छ । व्यापारीहरूसँग स्टक रहेका र सामान कटाउन पनि जतिमा खरिद गरेको त्यतिमै बिक्री गर्नुपर्ने अवस्था आयो ।’

काजु, किसमिस लगायतका सामान मिठाई पसल र पार्टी प्यालेसमा पनि निकै ठूलो परिमाणमा खपत हुन्थ्यो । यस वर्ष यी दुवैमा अत्यन्तै कम खपत भएको श्रेष्ठले बताए । उनले भने, ‘कोभिडका कारण मिठाई पसल र पार्टी प्यालेसमा मसलाको सामान खपत हुन सकेन । मौज्दातमा रहेको सामान बिक्री भएन । यो तिहारमा मूल्य घटाएरै भए पनि बेच्नुपर्छ भन्ने सोच गरेका हौँ ।’

व्यापारीसँग भएको सामान बजारमा पठाउने मौज्दात नराख्ने सोचले मूल्य घटाएको उनको भनाइ छ ।

यस्तो छ मूल्य

किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अनुसार गत वर्ष १ हजार ५५० देखि १ हजार ७०० रुपैयाँ प्रतिकेजीसम्म रहेको काजुको मूल्य अहिले १ हजार ४५० देखि १ हजार ५५० रुपैयाँ छ ।

पिस्ता प्रतिकेजी १ हजार २००, किसमिस ५००, नरिवल प्रतिकेजी ४०० देखि ४५०, छोकडा प्रतिकेजी २००, ल्वाङ प्रतिकेजी १ हजार ३०० रुपैयाँ रहेको छ ।

त्यस्तै भारतीय सुपारीको मूल्य प्रतिकेजी ५५० देखि ९००, सिङ्गापुरको सुपारी प्रतिकेजी ४००, ओखर प्रतिकेजी ६०० सयदेखि ६५०, अञ्जिर १ हजार ८०० रुपैयाँ रहेको छ ।

भाइमसलामा प्रयोग हुने दालचिनी प्रतिकेजी ५००, मिश्री प्रतिकेजी २००, खुर्पानी प्रतिकेजी १ हजार, अलैँची प्रतिकेजी १ हजार २००, सुकुमेल प्रतिकेजी ४ हजार ८०० सयदेखि ५०० हजार रुपैयाँ रहेको छ ।

किराना व्यवसायी तथा खुद्रा व्यापार संघका अनुसार उक्त मूल्य करिब २० प्रतिशतसम्म कम हो ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ७ : ०५ बजे

कसको गल्तीले रोकियो देशभरको इन्टरनेट सेवा? सरकार र सेवा प्रदायक आरोप-प्रत्यारोप

काठमाडौं- नेपालभर बिहीबार अपरान्हदेखि करिब ६ घण्टासम्म इन्टरनेट सेवा प्रभावित

सात महिनाको युद्धमा प्यालेस्टिनी जिडिपी २७ प्रतिशतले सङ्कुचित

वासिङ्टन – सात महिनाको युद्धपछि गरिबी दर बढेसँगै प्यालेस्टिनी अर्थतन्त्र

सांसद बस्नेत मुछिएको सहकारी प्रकरण छानबिन गर्न सरकारलाई राप्रपाको आग्रह

राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधि सभा सांसद गीता बस्नेत जोडिएको सहकारी

चिनियाँ राजदूत झी सहभागी कार्यक्रममा विरोध प्रदर्शन

ताइवान – ताइवानी र तिब्बती विद्यार्थीहरूले संयुक्त राज्य अमेरिकाका लागि

पर्यटकको आकर्षण बन्दै गुरुङगाउँको ‘अम्बोटे होमस्टे’

धादिङ – धादिङ जिल्लाको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिका–३ गुम्दीस्थित गुरुङगाउँको