बाँकेमा तीनसहित थप चार संक्रमितको मृत्यु | Khabarhub Khabarhub

बाँकेमा तीनसहित थप चार संक्रमितको मृत्यु


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बाँकेमा उपचाररत तीन संक्रमितसहित थप चार जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दियाका दुई, दाङका एक र चितवनका एक जना छन् ।

बर्दियाको ठाकुरद्वारा नगरपालिका–२ का २९ वर्षीय पुरुषको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको छ ।

कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनको सोमबार दिउँसो पौने २ बजे मृत्यु भएको हो । उनमा सोही दिन साँझ ६ बजे कोरोना पुष्टि भएको थियो ।

यस्तै बर्दियाकै बाँसगढी नगरपालिका- ८ का ३५ वर्षीय पुरुषको पनि वेस्टर्न अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

खुट्टाको जोर्नीको उपचारका लागि कात्तिक २३ गते साँझ अस्पताल भर्ना भएका उनमा सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएको थियो । उनको सोमबार राति ८:१५ बजे मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

यस्तै दाङको घोराही उपमहानगरपालिका–१५ का ६४ वर्षीय पुरुषको पनि भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको छ ।

सोमबार बिहान अस्पताल भर्ना भएको उनको राति साढे ९ बजे मृत्यु भएको हो । उनमा कोरोनाको पुष्टि भने राति १० बजे मात्रै भएको श्रेष्ठले बताए ।

यस्तै चितवनमा पनि एक संक्रमित वृद्धको मृत्यु भएको छ । नयाँ मेडिकल कलेजमा उपचाररत भरतपुर- १९ का ७७ वर्षीय वृद्धको सोमबार राति मृत्यु भएको हो ।

निमोनिया, सुगर र प्रेसरको पूरानै समस्या रहेका उनलाई कार्तिक १९ गते अस्पताल भर्ना गरिएको थियो । उनमा २२ गते कोरोना पुष्टि भएको थियो ।

आइसीयूमा राखेर उपचाररत उनको राति ९:५० बजे मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : १० बजे

दश महिनामा १३ हजार पर्यटक रारा पुगे

मुगु – नेपालकै प्रमुख पर्यटकीय केन्द्र रारामा १३ हजारभन्दा बढी

सुपर ओभरमा ब्रदर्श–११ विजयी, ग्रीन सिटी ५ रनले पराजित

मोरङ – कन्चनजंघा दैवी प्रकोप व्यवस्थापन समितिको आयोजनामा जारी प्रथम

इप्पान प्रतिनिधिले भेटे हितेन्द्रदेवलाई, ऊर्जा क्षेत्रका समस्याबारे ध्यानाकर्षण

काठमाडौं – स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)का अध्यक्ष गणेश कार्कीको

गृहमन्त्रीबारे निर्णय गर्न ओली–देउवा एक्लाएक्लै वार्तामा

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर

अनेरास्ववियुमा ३२ वर्षे उमेर हद लगाउनेबारे एमालेमा छलफल

काठमाडौं – नेकपा (एमाले)ले अनेरास्ववियुमा उमेर हद लगाउनेबारे छलफल गरेको