ओलीलाई सचिवालय बैठक बोलाउन साँझसम्मको अल्टिमेटम, नदिए प्रचण्डले बोलाउने तयारी | Khabarhub Khabarhub

ओलीलाई सचिवालय बैठक बोलाउन साँझसम्मको अल्टिमेटम, नदिए प्रचण्डले बोलाउने तयारी


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक बोलाउने सहमति नदिने संकेतपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले औपचारिक बैठक बोलाउने तयारी थालेका छन् ।

अध्यक्ष दाहालले पार्टीको मुख्यालय धुमबाराहीमाऔपचारिक बैठक राख्ने तयारी गरेका हुन् ।

यता नेकपा सचिवालयका बहुमत सदस्यले अध्यक्ष केपी शर्मा ओलीलाई आज बेलुकीसम्मको अल्टिमेटम दिएका छन् ।

बहुमत सदस्यले ओलीलाई मंगलबार बेलुकी ४ बजेसम्म बैठक बोलाउन अल्टिमेटम दिएका छन् । सो समय सीमासम्म ओलीले सहमति नदिए अध्यक्ष दाहालले बैठक राख्ने तयारी गरेको उनी निकट स्रोतले बतायो ।

स्रोतका अनुसार आज नै बैठक बस्ने सम्भावना छ ।

यसअघि अध्यक्ष दाहालसहित वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार प्रधानमन्त्री ओलीलाई बैठक राख्ने सहमति दिनका लागि लिखित माग नै गरेका थिए । त्यसपछि ओलीले नेताहरूसँग भेटघाट बाक्लो बनाएर सहमति खोज्ने प्रयास गरेका थिए ।

प्रचण्डसहित पाँच जना नेताले शनिबार बालुवाटार पुगेर ४८ घण्टाभित्र बैठक बस्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

यसअघि पनि सचिवालयका बहुमत सदस्यहरु धुम्बाराहीमा अनौपचारिक बैठक बसेका थिए। अध्यक्ष दाहालले बोलाएको उक्त अनौपचारिक बैठकमा ओली खेमाका ईश्वर पोखरेल, बिष्णु पौडेल र रामबहादुर थापा बादल सहभागी भएका थिएनन् ।

सचिवालयका बहुमत सदस्यले बैठकका लागि सहमति माग गर्दा समेत नदिएपछि अध्यक्ष दाहालले आफ्नो अधिकार प्रयोग गरेर बहुमत सदस्यसहित औपचारिक बैठक राख्न लागेका हुन् ।

प्रधानमन्त्री ओलीले भने सहमति बिना प्रचण्डले बैठक राखेमा पार्टी फुटको बिन्दु त्यही हुने बताएका छन् ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  २ : ३५ बजे

आजका समाचार : पक्रेर देखाउन सरकारलाई रविको चुनौती, दुर्गालाई छाडेन सर्वोच्चले, लेबनानमा इजरायलको भयंकर आक्रमण

युवाबिना मुलुकले रुपान्तरण गर्न सक्दैन: प्रधानमन्त्री ओली प्रधानमन्त्री केपी शर्मा

‘गिरफ्तारी दिन झोला बोकेरै पार्टी कार्यालय धाइरहेको छु’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगी प्रकरणमा

रविले भने- सहकारी ठगीबाट ‘क्लिन चिट’ पाइसकेँ, मुद्दा लगाउन सरकार चलखेल गर्दैछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई सांसद सूर्यबहादुर

धरानका जनप्रतिनिधि काठमाडौंमा, सडक, खानेपानीलगायत विषयमा ध्यानाकर्षण 

काठमाडौं– धरानसंग सम्बन्धित भौतिक पूर्वाधार, सडक , खानेपानी, विपद् र

कुलोमा डुबेर एक बालिकाको मृत्यु

मलङ्गवा– सर्लाहीको पर्सा गाउँपालिका–५ स्थित आफ्नै घर अगाडिको कुलोमा डुबेर