नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा जारी « Khabarhub

नेकपा सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक धुम्बाराहीमा जारी


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौ- नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसहित सचिवालयका बहुमत सदस्यको अनौपचारिक बैठक पार्टी मुख्यालय धुम्बाराहीमा जारी छ ।

मंगलबार दिउँसो ४ बजेपछि सुरु अनौपचारिक बैठकमा अध्यक्ष दाहालसहित वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् ।

धुम्बाराहीमा बैठकअघि अध्यक्ष दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटार पुगेर भेटेका थिए । यद्यपि दुई अध्यक्षबीचको छलफलमा के भयो भन्ने जानकारी आइसकेको छैन ।

प्रवक्ता श्रेष्ठका अनुसार अनौपचारिक बैठकका लागि सचिवालयका सबै सदस्यलाई खबर गरिएको थियो । तर, प्रधानमन्त्री ओलीलगायत उनी निकट नेता बैठकमा उपस्थित छैनन् ।

यसअघि पनि दाहालले कात्तिक २१ गते धुम्बाराहीमा सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए । उक्त बैठकमा पार्टीको औपचारिक बैठकको सहमतिका लागि अध्यक्ष ओलीलाई लिखित पत्रसहित सामूहिक भेटेर आग्रह गर्ने निर्णय भएको थियो ।

सोही निर्णयअनुसार कात्तिक २२ मा अध्यक्ष दाहालसहितका ५ नेताले बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई दुई पेज लामो पत्र बुझाएका थिए । अध्यक्ष दाहालले पत्र बुझाउँदै दुई दिनभित्र सचिवालयको बैठकका लागि सहमति दिन प्रधानमन्त्री ओलीलाई समय दिएका थिए ।

तर, समयसीमा सकिँदा पनि ओली बैठकका लागि तयार नभएपछि दाहालले थप छलफलका लागि सचिवालयका सदस्यलाई बोलाएका थिए ।

प्रचण्डसहितका सचिवालयका पाँँच जना नेताहरुले भने विवादबारे छलफल गर्न बोलाउनु पर्ने अडान राख्दै आएका छन्।

नेकपाभित्र कर्णालीमा प्रदेशका मुख्यमन्त्रीविरुद्ध दर्ता गरिएको अविश्वासको प्रस्ताव, राजदूत नियुक्तिका लागि सिफारिसको निर्णय, मन्त्रिपरिषद् विस्तार, भारतीय गुप्तचर संस्था ‘रअ’ का प्रमुख सामन्तकुमार गोयलसँग प्रधानमन्त्री ओलीको भेट लगायतका विषयलाई लिएर विवाद चर्किएको छ।

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ५ : ०१ बजे

कल मोबिलिटी (हुवावे) र मेल्टडाउनबीच फिटनेस सहकार्यका लागि सम्झौता

काठमाडौं– नेपालका लागि हुवावे उत्पादनहरूको एक मात्र आधिकारिक राष्ट्रिय वितरक

अमेरिका–इरान युद्धविरामपछि निर्णायक वार्ता पाकिस्तानमा

इस्लामाबाद- पाकिस्तानले अमेरिका र इरानबीच जारी तनाव समाधानका लागि निर्णायक वार्ता

इजरायली विपक्षी नेताको आक्रोश : नेतन्याहु असफल भए, इरानसँगको युद्धविराम ‘राजनीतिक विपत्ति’

जेरूसेलम- इजरायलका प्रमुख प्रतिपक्षी नेता यायर लापिडले इरानसँग भएको युद्धविराम

सीजीले सार्वजनिक गर्‍यो नयाँ वर्ष २०८३ को बम्पर उपहार योजना

काठमाडौं– इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले नयाँ वर्ष २०८३ को अवसरमा ‘एक्सपेरियन्स लाइफ

राष्ट्रिय एकता कायम राख्न नेपाली सेना सदैव अग्रसर छ : प्रधानसेनापति सिग्देल

दमौली– प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रिय एकता कायम राख्न नेपाली सेना