अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन « Khabarhub

अवैध रुपमा सञ्चालित क्रसर उद्योग बन्द गर्न गृह मन्त्रालयको निर्देशन


२५ कार्तिक २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गृह मन्त्रालयले अवैध रुपमा सञ्चालित क्रसर तथा बालुवा प्रशोधन उद्योग बन्द गर्न निर्देशन दिएको छ।

मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकले त्यस्ता उद्योग तत्काल बन्द गर्न र कानुन बमोजिम कारबाही गर्न निर्देशन दिएको हो।

बैठकले हाल कार्यान्वयनमा रहेको ढुंगा, गिटी बालुवा उत्खनन्, विक्री तथा व्यवस्थापन सम्बन्धी मापदण्ड २०७७ परिमार्जन गर्ने निर्णय समेत गरेको छ। परिमार्जनको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई दिइएको छ। जसको समयसीमा १५ दिन तोकिएको छ।

बैठकले देशभरका सञ्चालित क्रसरको दायित्व, कानुनी हैसियत, राजस्व र रोयल्टीको अवस्थालगायतका विवरण संकलन गरी पठाउन जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ।

यस्तै, राष्ट्रिय गौरवका आयोजना वा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजना प्रयोजनका लागि स्वीकृति लिएर क्रसर सञ्चालनमा रहे वा नरहेको विवरण पठाउन पनि प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिएको छ।

यस्तो छ गृहमन्त्रालयको निर्णय

 

प्रकाशित मिति : २५ कार्तिक २०७७, मंगलबार  ९ : १९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२