प्रधानमन्त्री ओली संखुवासभामा, विभिन्न आयोजनाको अवलोकन गर्दै « Khabarhub

प्रधानमन्त्री ओली संखुवासभामा, विभिन्न आयोजनाको अवलोकन गर्दै


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली सङ्खुवासभा पुगेका छन् ।

बिहान ९ बजे हेलिकप्टरबाट संखुवासभा प्रस्थान गरेका ओली अहिले सीमा नाका किमाथाङ्कामा पुगेको सांसद् राजेन्द्र गौतमले बताए ।

ओलीले उत्तरी नाका किमाथाङ्कामा स्थापना गरिएको  सीमा सुरक्षा पोस्ट (बीओपी)को निर्माणधीन भवन, भन्सार कार्यालय र सुख्खा बन्दरगाह लगायतको अवलोकन गर्दैछन् ।

ओलीले राष्ट्रिय गौरवको उत्तर–दक्षिण कोशी व्यापारिक राजमार्गको अनुगमन गर्ने, भोटखोला च्याम्ताङ राजमार्ग किमाथाङ्का छिचोल्नका लागि नेपाली सेनाले तयार गर्दै गरेको बंकर र अस्थायी क्याम्प लगायतको अनुगमन गर्ने कार्यक्रम रहेको सांसद् गौतमले जानकारी दिए ।

यस्तै बहुचर्चित नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजनाको अनुगमन गर्ने तय भएको छ । ओली साढे ३ बजेसम्म सङ्खुवासभा बसेर काठमाडौँ फर्कने छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ११ : ०८ बजे

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १० गते बिहीबार तदनुसार

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान