सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गरिने « Khabarhub

सरकारी अस्पतालमा कोरोनाको परीक्षण र उपचार निशुल्क गरिने


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले कोभिड १९ को परीक्षण र उपचार गर्न सूचीकृत गरेका सरकारी प्रयोगशाला र सरकारी अस्पतालमा कोरोना संक्रमितको उपचार निशुल्क हुने भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बुधबारको पत्रकार सम्मेलनमा बोल्दै कोभिड १९ का लक्षण वा चिन्ह देखिएकाको परीक्षण र उपचार सरकारी प्रयोगशाला र अस्पतालमा निशुल्क गर्ने जानकारी दिएका हुन् ।

डा गौतमका अनुसार नेपाल सरकारले परीक्षण र उपचारका विषयमा गरेको निर्णय संशोधन गर्दै कोरोना परीक्षण र उपचार पुनः निशूल्क गर्ने निर्णय भएको जानकारी दिए ।

तर कोरोना बीमा गरेका व्यक्तिहरुको हकमा भने सबै परीक्षण र उपचार खर्च व्यक्तिको बीमा रकमबाट भुक्तानी गरिनुपर्ने पनि जानकारी दिए ।

डा गौतमले सक्षम र इच्छुक व्यक्तिले परीक्षण र उपचारमा शुल्क तिरेर योगदान गर्न सक्ने पनि जानकारी दिए ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ५७ बजे

विश्वविद्यालयका उपकुलपतिसँग शिक्षा तथा खेलकुद मन्त्रालयको छलफल

काठमाडौं– शिक्षा तथा खेलकुद मन्त्रालयले केही विश्वविद्यालय ऐन संशोधनसम्बन्धी विधेयक

बागमतीमा सरकार टिकाउन तीन दलबीच नयाँ समझदारी, मन्त्रालय ८ भन्दा नबढाउने

काठमाडौं- बागमती प्रदेश सरकार सञ्चालनका लागि नेपाली कम्युनिस्ट पार्टी, नेकपा

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौं– प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देशहरू

‘सरकारको कार्यशैलीमा प्रश्न गर्न सत्तापक्षका सांसदलाई कुनै रोकतोक छैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले वरिष्ठ नेता वालेन्द्र