किजा पूजाका दिन मंसिर २ गते सार्वजनिक बिदा | Khabarhub Khabarhub

किजा पूजाका दिन मंसिर २ गते सार्वजनिक बिदा


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै किजा पूजाको दिन मंसिर २ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको जानकारी दिएको छ । किजा पूजा भाइटीकाको भोलिपल्ट हो ।

‘मन्त्रिपरिषद्को कात्तिक २४ गतेको निर्णयअनुसार किजा पूजाको अवसरमा २०७७ मंसिर २ गते मंगलबारका दिन नेपालभर सबै सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ-संस्था, शिक्षण संस्थाहरू समेतमा सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो विज्ञप्ति प्रकाशित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

किजा पूजा नेवार समुदायमा प्रचलनमा रहेको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ६ : १७ बजे

चोरी गरेका सामग्री तत्काल फिर्ता गर्न ऊर्जा मन्त्रालयको आग्रह

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जेनजीको प्रदर्शनका क्रममा गत

बागलुङको काठेखोलामा पाँच शय्याको आधारभूत अस्पताल निर्माण

बागलुङ– बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण गरेको

भोजपुरको टेम्केमैयुङमा केन्द्रीय विद्युत् विस्तार

भोजपुर– भौगोलिक विकटता रहेको टेम्केमैयुङको दुर्गम क्षेत्रसम्म केन्द्रीय विद्युत् विस्तार

एसिया कप : सुपर फोरमा आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कपको सुपर फोरमा आज भारत र पाकिस्तान

नेपाल एयरलाइन्सले बिहीबारदेखि काठमाडौं–ग्वाञ्जाओ सिधा उडान गर्ने 

काठमाडौं– राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)ले यही