प्रदेश १ मा ३६८ कोरोना संक्रमित थपिए, ४४१ डिस्चार्ज | Khabarhub Khabarhub

प्रदेश १ मा ३६८ कोरोना संक्रमित थपिए, ४४१ डिस्चार्ज


२६ कार्तिक २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रदेश नं १ मा पछिल्लो २४ घण्टाको अवधिमा ३६८ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

उक्त अवधिमा गरिएको एक हजार १२८ जनाको पिसीआर परीक्षणमा १२८ महिला र २४० पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सङ्क्रमित हुनेहरुमा मोरङमा १४८ मध्ये विराटनगरमा ८०, सुनसरीमा ९८, झापामा ५७, पाँचथरमा २०, उदयपुरमा १०, सङ्खुवासभामा सात, ताप्लेजुङ र इलाममा चार÷चार, भोजपुरमा तीन, सोलुखुम्वु, खोटाङ र धनकुटामा एक÷एक र प्रदेश बाहिरका १४ जना छन् ।

यस प्रदेशमा आज ४४१ जना सङ्क्रमित निको भै घर फर्केका छन् । उनीहरुको सङख्या अहिलेसम्म १५ हजार ७५६ पुगेको छ । प्रदेशमा हालसम्म एक लाख ७४ हजार ८०२ जनाको पिसीआर परीक्षण सम्पन्न गरिएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  १० : ०१ बजे

निर्वाचनलाई लक्षित गरी महोत्तरीका ११ वटा सीमानाका सिल गरिने

जलेश्वर– भारतको विहार राज्यमा आगामी मंगङ्गलबार हुन लागेको विधानसभा निर्वाचनलाई

बागलुङमा पिकअप दुर्घटना : मृतक र घाइतेको पहिचान खुल्यो

ढोरपाटन– बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते

सेटलाइट कृषि फार्मका लागि ८०१ रोपनी जग्गा प्राप्ति

मुस्ताङ– मुस्ताङको लोघेकर दामोदरकुण्ड–२ घमीमा सेटलाइट कृषि फार्म स्थापनाका लागि

चन्द्रागिरी केबलकार पुनः सञ्चालन (तस्बिरहरू)

काठमाडौं– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते भएको तोडफोडपछि दुई

उत्तर कोरियाको चेतावनी : थप ‘आक्रामक कारबाही’ गर्ने घोषणा

सियोल– पछिल्लो ब्यालेस्टिक क्षेप्यास्त्र प्रक्षेपणपछि अमेरिकालगायत दक्षिण कोरियाले आलोचना गरेपछि