पानासोनिकले बनायो विश्वकै पहिलो पारदर्शी टिभी, यस्ता छन् विशेषता « Khabarhub

पानासोनिकले बनायो विश्वकै पहिलो पारदर्शी टिभी, यस्ता छन् विशेषता


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


प्रविधिको विकाससँगै अहिले स्मार्ट टेलिभिजन (टिभी)को प्रयोग बढ्दो मात्रामा छ ।

टिभी उत्पादन गर्ने कम्पनीहरुले मूल्य र सुविधाका हिसावले बजारमा प्रतिस्पर्धा गरिरहेका छन् । केही कम्पनीले सस्तैमा स्मार्ट टिभी उपलब्ध गराइरहेका छन् भने केही कम्पनीले भिन्न खालका फिचरसहित टिभीहरु बजारमा पठाइरहेका छन् ।

जापानी मल्टिइलेक्ट्रिक कम्पनीले पानासोनिकले विश्वकै पहिलो पारदर्शी टिभी बजारमा ल्याएको छ ।

यो टिभी बन्द अवस्थामा काठको फ्रेममा राखिएको सिसा जस्तै देखिन्छ । तर, जब तपाईंले यसको स्वीच अन गर्नुहुन्छ यो, ओएलइडी डिस्प्लेमा परिवर्तन हुन्छ ।

पानासोनिकले स्वीस फर्निचर ब्राण्ड विटरासँग मिलेर यो टिभी डिजाइन गरेको हो ।

दुवै कम्पनीले करिब २ वर्षको अध्ययन पछि यो टिभी निर्माण गरेका हुन् ।

यो टिभीलाई प्रयोग नगरिएको अवस्थामा तपाईंले आफ्नो लिभिङ रुममा सजाएर पनि राख्न सक्नुहुने छ । यद्यपि यो टिभी बिक्रीका लागि बजारमा कहिलेदेखि उपलब्ध हुनेछ भनेर पानासोनिकले अहिले नै केही बताएको छैन ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  १ : २० बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका