चुनावमा पराजित ट्रम्पलाई बास्तविकता स्वीकार्न डेमोक्र्याट नेताहरूको आग्रह « Khabarhub

चुनावमा पराजित ट्रम्पलाई बास्तविकता स्वीकार्न डेमोक्र्याट नेताहरूको आग्रह


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- डेमोक्र्याटिक दलका नेताहरूले चुनावमा पराजित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई वास्तविकता स्वीकार्न आग्रह गरेका छन् ।

दुई वरिष्ठ नेता सभामुख न्यान्सी पेलोसी र  माथिल्लो सदन सिनेटका नेता चक सुमरले रिपब्लिकन पार्टीका नेताहरूलाई वास्तविकता स्वीकार्न आग्रह गरेका हुन् ।

राष्ट्रपति ट्रम्प र रिपब्लिकन दलले सङ्कटलाई महामारीको संकटलाई बेवास्ता गर्दै चुनावी परिणाममा नचाहिँदो विवाद गरेको उनीहरूले बताएका छन् ।

अमेरिकी निर्वाचनपछिको पहिलो टेलिभिजन सम्बोधनका क्रममा पेलोसीले सङ्क्रमणको बढ्दो दर र मृत्यु हुनेहरूको सङ्ख्या लगायतका विषयलाई प्राथमिकताका साथ उठाएकी थिइन।

अमेरिकामा लगातार आठ दिनसम्म कोरोनाभाइरस सङ्क्रमण बृद्धि दैनिक एक लाख नाघ्न थालेको बताउँदै उनले त्यससँग जुध्ने गरी काम गर्न नयाँ नेतृत्वलाई साथ दिन आह्वान गरिन् ।

‘उनीहरू अहिले बेतुकको सर्कसमा संलग्न छन् र वास्तविकता स्वीकार गर्न अस्वीकार गर्दै छन्, यस्ता अवरोधले सङ्कटसँग सामना गर्ने विषयलाई झन् कठिन बनाएको छ,’ पेलोसीले भनिन् ।

सुमरले आर्थिक र स्वास्थ्य सङ्कटलाई सल्टाउन डेमोक्र्याटिक दललाई सहयोग गर्न रिपब्लिकनहरूलाई आग्रह गरेको बीबीसीले जनाएको छ ।

अमेरिमा यही नोभेम्बर ३ मा सम्पन्न चुनावमा जो बाइडन राष्ट्रपति निर्वाचित भए पनि डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छैनन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ०९ बजे

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारत प्रस्थान

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने औपचारिक भ्रमणका लागि

जापान र एसियन गेम्सका लागि भारतको टी-२० टोली घोषणा, श्रेयस अय्यर कप्तान

काठमाडौँ – जापानविरुद्धको शृङ्खला र आगामी एसियाली खेलकुद (एसियन गेम्स)

नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम

बाँके– भूमि प्रशासन कार्यालय नेपालगन्ज बाँकेले ‘जेनजी’ प्रदर्शनका क्रममा जलेर

मेसी र कासेमिरोको गोलमा इन्टर मियामी च्याम्पियन, क्रुज अजुल २-० ले पराजित

काठमाडौँ – इन्टर मियामीले मेक्सिकन क्लब क्रुज अजुललाई २-० ले

बजेट कार्यान्वयनका समस्या हटाउन सबै लागौँ : मुख्यमन्त्री शाही

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले बेरुजु घटाउन र