सवारी दुर्घटनामा एकको मृत्यु | Khabarhub Khabarhub

सवारी दुर्घटनामा एकको मृत्यु


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– मकवानपुरको हेटौँडामा सवारी दुर्घटाना हुँदा एक जनाको मृत्यु भएको छ ।

हेटौँडा उपमहानगरपालिका–१९ नेवारपानीमा आज बिहान यात्रुवाहक बस र मालवाहक ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बिहान २ बजेतिर ना ६ ख १०८५ नम्बरको रात्रि बस र ना २ ख ७५३८ नम्बरको ट्रक आपसमा ठोक्किदा सर्लाही चक्रघट्टाका अन्दाजी ४० वर्षीय राजकिशोर रायको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका दुर्घटनामा गम्भीर घाइते रायको हेटौँडा–११ स्थित चुरेहिल अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

प्रहरीले दुवै सवारी र चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ८ : ३८ बजे

कीर्तिपुरमा बाघ भैरव जात्रा (तस्बिरहरू)

कीर्तिपुर– कीर्तिपुरमा आज बाघ भैरव जात्रा मनाइँदै छ । यो

कन्काई घाटमा विद्युतीय शवदाह गृह निर्माण

झापा– झापाको कनकाई नगरपालिका– ४ स्थित कन्काई घाटमा विद्युतीय शवदाह

स्पेनिस ला लिगा : बार्सिलोनाको विजयी सुरुवात

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले विजयी सुरुवात गरेको छ

एमाले विधान महाधिवेशनको तयारी तीव्र, १९ दिन बाँकी, २३ सय ९२ जना सहभागी हुने 

काठमाडौं– यही भदौ २० देखि २२ गतेसम्म हुने नेकपा एमालेको

फेदीखोला हाइड्रोपावरले साधारण सेयर बिक्री गर्ने

काठमाडौं– फेदीखोला हाइड्रोपावर कम्पनी लिमिटेडले १७ करोड ५० लाख बराबरको