लिबियाको राजधानी त्रिपोलीमा गोलाबारी, ४ जनाको मृत्यु | Khabarhub Khabarhub

लिबियाको राजधानी त्रिपोलीमा गोलाबारी, ४ जनाको मृत्यु


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

त्रिपोली– लिबियाको राजधानी त्रिपोलीमा गोलाबारीमा परी ४ जनाको ज्यान गएको छ । हाल खलिफ हफ्तारको नेतृत्वमा रहेको लिबियाली सेनाले अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारको नियन्त्रणमा रहेको राजधानी कब्जा गर्नका लागि सैनिक अभियान शुरु गरेपछि त्यहाँ गोलाबारी भएको हो ।

त्रिपोलीको दक्षिणी भेगमा रहेको अबु सलिम भन्ने क्षेत्रमा भएको गोलाबारीमा अरु २० जनाभन्दा धेरै घाइते भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि, गोलाबारीमा कुन समूहको संलग्नता छ भन्ने स्पष्ट भइनसकेको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

लिबियाको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकारले लिबियाली सेनामाथि गोलाबारीको दोष लगाएको छ भने सेनाले भने गोलाबारीमा आफ्नो संलग्नता नरहेको भन्दै यसमा लिबियाको अन्तर्राष्ट्रिय मान्यताप्राप्त सरकार नै दोषी रहेको जनाएको छ ।

गोलाबारी भएको क्षेत्र त्रिपोलीको पुरानो विमानस्थल रहेको स्थाननजिकै रहेको बताइन्छ । त्रिपोलीको विमानस्थलआसपास पछिल्ला केही दिनयता तीब्र भीडन्तका समाचार आएका छन् ।

दुई साताअघि हफ्तारले राजधानी कब्जा गर्ने उद्देश्यले त्रिपोलीमा सैनिक कारवाहीलाई तीब्र बनाएयता त्यस क्षेत्रमा १ सय ७४ जनाभन्दा धेरैको मृत्यु भइसकेको र अरु ७ सय ५६ जना घाइते भएको तथा हजारौं विस्थापित भइसकेका छन् ।

संयुक्त राष्ट्रसंघ तथा अन्य अन्तर्राष्ट्रिय संगठनले त्यहाँ तत्काल युद्धविराम घोषणा गरी हिंसा अन्त्य गर्न आह्वान गरेका छन् । तर, त्रिपोली शहरमा हिंसा अन्त्य हुने सम्भावना भने नदेखिएको बताइएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ३ : ४० बजे

आगलागीका कारण बझाङमा वायु प्रदूषण उच्च

बझाङ । बझाङमा गत सातादेखि सामुदायिक वनहरूमा निरन्तर आगलागी भएपछि

आजका समाचार : प्रेस स्वतन्त्रता दिवसदेखि सय रुपैयाँको नोटमा नेपालको चुच्चे नक्सा राखिनेसम्म

सरकारले साहसिक र जनपक्षीय काम गरेको छ : प्रधानमन्त्री प्रधानमन्त्री

भारतका प्रधान न्यायाधीश डा चन्द्राच्युड नेपालमा

काठमाडौं–  प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको निमन्त्रणामा भारतका प्रधान न्यायाधीश डा

पेटमा गोली लागेपछि सडकमै ढलेकी थिइन् एनिका

झापा- उदयपुर घर भएकी १८ वर्षीया एनिका अधिकारी शुक्रबार मध्यान्ह

फ्लप भएपछि शो बन्द गर्दै कपिल ?

काठमाडौं– भारतीय कलाकार कपिल शर्माले ‘द इन्डिय कपिल शर्मा शो’बाट