महाभारतका पाँच पाण्डवमध्ये अर्जुनसँग मात्रै थिए यस्ता ५ गुण | Khabarhub Khabarhub

महाभारतका पाँच पाण्डवमध्ये अर्जुनसँग मात्रै थिए यस्ता ५ गुण


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महाभारतका सबैभन्दा मुख्य पात्रमध्ये एक हुन् पाण्डु पुत्र अर्जुन । महाभारतमा पनि अर्जुनलाई भगवान श्रीकृष्णले प्रिय मित्रको रुपमा विभिन्न सल्लाह दिएका थिए र सहि र गलतको बारेमा सम्झाएका थिए ।

आज हामी तपाईलाई पाँच पाण्डवमध्ये अर्जुनमा भएका ५ गुणको बारेमा जानकारी गराउँछौँ ।

तेज

उनको व्यक्तित्व एकदमै प्रभावशाली थियो । आफ्नो प्रभावशाली तेजका कारण उनले लाखौँ मानिसहरुलाई खुशी बनाएका थिए । उनलाई देखेर हर कोहि पनि मुग्ध हुन्थ्यो । भगवान श्रीकृष्णले आफ्नो सान्निध्यमा राखेर उनलाई अन्यको भन्दा फरक प्रभाव कायम गराएका थिए ।

स्फूर्ति

अर्जुन एक सर्वश्रेष्ठ धनुर्धारी थिए । उनको स्फूर्तिले धनुषमा बाण चल्थ्यो । श्रीकृष्णको ईशारा अनुसार उनी आफूमा स्फूर्ति भरेर काम गर्दथे ।

बल

उनी बल र वुद्धीका पनि खानि थिए । उनी शरीरले मात्रै होइन मानसिक रुपमा पनि शक्तिशाली थिए । आफ्नो वुद्धीले उनले राष्ट्रमा धेरै नीति बनाएका थिए ।

पराक्रम

उनले काम गर्ने पराक्रम हासिल गरेका थिए । त्यसैले उनलाई पराक्रमी भनेर पनि बोलाइने गरिन्छ । उनी कुनै पनि चुनौति र समस्यासँग लड्न पछि हट्दैन थिए ।

धैर्य

सबैभन्दा ठूलो गुण धैर्यलाई मानिन्छ । भगवान श्रीकृष्णका अनुसार जो मानिसमा धैर्य हुन्छ उ महान व्यक्ति बन्छ । अर्जुनमा पनि धैर्य गर्न सक्ने शक्ति थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ७ : ४१ बजे

झापाको सलकपुरमा सुन्तला खान पुग्छन् पर्यटक

झापा– पूर्वीनाका काँकरभिट्टाबाट ३० किलोमिटर उत्तर प्राकृतिक रूपमा सुन्दर सलकपुरमा

एनपिएल उद्घाटन : काठमाडौं र जनकपुरको भिडन्त, कुन टिम कति बलियो ?

काठमाडौं – दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आज उद्घाटन

वाणिज्य विभागबाट मापदण्ड निर्धारणका लागि सुझाव माग

काठमाडौं– वाणिज्य विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड

तनहुँमा दुई  मतदान केन्द्र थप गर्न सिफारिस

तनहुँ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

राष्ट्र बैङ्कले सरकारलाई ४२ अर्ब रुपैयाँ उपलब्ध गराउने

काठमाडौं– नेपाल राष्ट्र बैङ्कको सम्पत्ति तथा दायित्व २६ खर्ब २३