महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द | Khabarhub Khabarhub

महाकाली नदी माथिको झोलुङ्गे पुलमा आवागमन बन्द


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुरको महाकाली नदी माथिको मल्टीस्पान झोलुङ्गे पुलको आवागमन आज बन्द गरिएको छ ।

पुल मर्मतका लागि महाकाली नगरपालिकाले पुलको आवागमन बन्द गरेको हो । आज बिहान ११:३० देखि अपराह्न ३ बजे सम्मका लागि पुल भएर आवागमन बन्द गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले जानकारी दिए ।

‘अत्यधिक भारका कारण पुलका नट बोल्ट खुस्केका, डेकहरु टुटेका कारण पुलको मर्मत नहुन्जेल सम्मका लागि बन्द गरिएको छ’, उनले  भने, ‘पुल मर्मतको कार्य पूरा नहुन्जेल आवागमन नगरिदिन समेत आग्रह गरेका छौँ ।’

गतवर्ष मात्रै जीर्ण पुलको सुदूरपश्चिम सरकारले रु ६० लाख खर्चेर ठेक्का प्रकृयामाफर्त मर्मत गरेको थियो ।

डडेल्धुराको खाम्पाचे देबभूमि कन्स्ट्रक्सन तथा क्वालिटी सप्लायर्श अमरगढी–५ जेभीले पुल मर्मतको ठेक्का लिएको थियो । पुल मर्मत गरेको एक वर्ष नपुग्दै पुनः मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ ।

महाकाली नदी पारीको माहाकाली नगरपालिका जोड्ने डेढ मिटर चौडाइको पुलको लम्बाइ एक हजार ४५२ मिटर छ ।

नेपालमा रहेका सबै प्रकारका पुलमध्ये यो पुल नै सबैभन्दा लामो पुल हो । विसं २०६१ सालमा रु ९ करोड ४२ लाख ४१ हजारमा पुल निर्माण गरिएको थियो । यो पुल एसियामै लामो झोलुङ्गे पुलका रुपमा परिचित छ । पुल ३२.७ मिटरका ७ ओटा अग्ला टावरमा ठड्याइएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ११ : ५६ बजे

इरानमा रहेका नेपालीको उद्धारमा सहयोग गर्न लागेकोप्रति भारतलाई धन्यवाद

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले इरानमा रहेका नेपाली

व्यस्त जीवनशैलीलाई योगामार्फत व्यवस्थित गरौँ : मुख्यमन्त्री सिंह

वीरगञ्ज- मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले आफ्नो व्यस्त जीवनशैलीलाई योगामार्फत

संसद्‍मा योगेश भट्टराईको प्रश्न- विपिन जोशीलाई किन स्वदेश फर्काउन सकेनौँ

काठमाडौं– सत्ता साझेदार नेकपा एमालेका सांसद योगेश भट्टराईले इजरायल अध्ययनका

चाडमा झडपबाट हुँदा १७ जनाको मृत्यु

एजेन्सी– चाडको माईयो-कब्बी वेस्ट प्रान्तको ओरेगोमेल गाउँमा बिहीबार साँझ भएको

लालीघाटमा हाट भर्न को जाला अब ?

सुर्खेत – गाउँ गाउँमा सडक पुगेसँगै राजमार्ग छेउमा रहेका ठूला