प्रदेश ५ को राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा « Khabarhub

प्रदेश ५ को राजधानी भालुवाङमा छैन स्वास्थ्य सेवा


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भालुवाङ – लुम्बिनी प्रदेशको राजधानी भालुवाङका स्थानीयबासी स्वास्थ्य सेवाबाट बञ्चित छन् । भालुवाङमा एउटा स्वास्थ्य चौकी र केही औषधि पसल बाहेक अस्पताल छैनन् ।

स्वास्थ्य चौकीमा सामान्य रोगको उपचार हुने गरे पनि अन्य उपचारका लागि बुटवल जानुपर्ने बाध्यता छ भालुवाङवासीलाई । विगत २० वर्षदेखी भालुवाङमा होटेल व्यवसाय गर्दै आएका नारायण खनालका अनुसार स्थानीय अहिलेसम्म उपचारका लागि बुटवल जाने गरेका छन् ।

घोराही र तुलसीपुरमा ठूला अस्पतालहरु भए पनि भालुवाङवासी बुटवल नै जाने गरेको उनले बताए । “घोराही जाँदा पनि ५० किलोमिटर जानुपर्छ, त्यहाँ उपचार सम्भव नभए फेरी नेपालगञ्ज जानुपर्ने भएकोले बुटवल नै जानेगरेका हौ”, खनालले भने ।

बुटवलमा उपचारका लागि सजिलो भने नरहेको उनले बताए । “पैसा धेरै लाग्छ, जोहो गर्न गाह्रो हुन्छ, टाढा लैजादा बाटोमा नै ज्यान जान सक्छ, अब राजधानी भएपछि बन्छ की भन्ने आशा छ”, खनालले भने ।

विसं २०२० यहाँ बस्ती बसेको भए पनि यहाँका स्थानीयले स्वास्थ्य सेवा नपाउँदा दुःख लागेको उनले भने । विसं २०५७ सालमा अर्घाखाँचीको ढाकावाङबाट वसाईसराई गरेर दाङको भालुवाङ आएका खानालले उपचारका लागि कयौंपटक बुटवल गएको बताउँछन् ।

रोल्पा र प्युठानको प्रवेशद्वार र महेन्द्र राजमार्गको छेवैमा रहेको भालुवाङमा स्वास्थ्यसेवा नहुँदा ११० किलोमिटरको दुरी पार गरेर बुटवलमा उपचार गर्न जानुपर्ने बाध्यता छ उनीहरुलाई ।

विसं २०७५ देखि स्थानीय सरकारले भालुवाङमा रहेको लालमटिया स्वास्थ्य चौकीको स्तर बृद्धि गरेर एमबिबिएस डाक्टरको व्यवस्था गरे पछि केही राहत महशुस गरेको स्थानीय शारदा गुरुङ बताउँछिन् ।

सानो रोग लागे पनि बुटवल जानुपर्ने भालुवाङवासीलाई अहिले स्वास्थ्य चौकीमा डाक्टर भए पछि केही सजिलो भएको उनी बताउँछिन् ।

“स्थानीय सरकार आएपछि नहुनुभन्दा त धेरै भएको छ तर, सानो भए पनि अस्पताल नै भईदिए राम्रो हुन्थ्यो”, गुरुङले भनिन् ।

स्वास्थ्य क्षेत्रको लागि गाँउपालिकाको बजेटले थप स्तरोन्नती गर्न समस्या रहेको वडा नं १ का अध्यक्ष ताराबहादुर डिसी बताउँछन् । अहेव र अनमीको भरमा रहेको स्वास्थ्यचौकीलाई अहिले डाक्टरको व्यवस्था गरेको उनले बताइन् ।

“ल्याब र भिडियो एक्सरे सेवा पनि भर्खरै थपेका छौँ, यो भन्दा धेरै गर्न त प्रदेश र सङ्घीय सरकारले बजेटको व्यवस्था गर्नुपर्छ”, अध्यक्ष डिसीले भने ।

सबैको नजर परेर पनि उपेक्षामा रहेको भालुवाङमा प्रदेशको राजधानी घोषणाले न्याय गरेको उनको भनाइ छ । दाङको उपनिवेशको रुपमा रहेको भालुवाङमा राजधानीका संरचना बन्दा विकासले गति लिनेमा स्थानीयको अपेक्षा छ ।

राप्ति गाँउपालिकामा मात्रै ४० हजार जनसङ्ख्या छ । त्यस्तै नजिकको शितगङ्गा नगरपालिकाको वडा नं ८ र ९, गढवा गाँउपालीकाको १ र २ तथा प्युठानको सरुमारानी गाँउपालिकाको मुख्य बजारको रुपमा भालुवाङ रहेको छ ।

लुम्बिनी प्रदेश सरकारले दाङको भालुवाङ राजधानी घोषणा गरेपछि विकासले फड्को मार्ने आशामा स्थानीवासी रहेका छन् । भालुवाङमै नभए पनि २७ किलोमिटरमा रहेको लमही बजारमा भर्खँरै प्रदेश सरकारले ट्रमा सेन्टर खोल्ने भए पछि भालुवाङवासी पनि खुशी भएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १२ : ३८ बजे

भारतले खुलायो लिपुलेक हुँदै मानसरोवर यात्रा, आवेदन मे १९ सम्म

नयाँ दिल्ली – भारतको विदेश मन्त्रालयले नेपाली लिपुलेक हुँदै भूमि

वैशाख शुक्ल पूर्णिमा : मनाइयो बुद्ध जयन्ती

काठमाडौं – शान्तिका अग्रदूत भगवान् गौतम बुद्धको दुई हजार ५७०औँ

आईपीएल : दिल्लीलाई राजस्थानले दियो २२६ रनको लक्ष्य

जयपुर – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत अहिले भइरहेको खेलमा

सुकुम्वासीलाई सञ्चालन गरेको शिविरमा दुई सय बढीको उपचार

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सुकुम्वासी बस्तीका नागरिकका

अमेरिका र स्कटल्यान्डससँग खेल्ने नेपाल ‘ए’ टोली घोषणा

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले अमेरिका र स्कटल्यान्डसँग खेल्ने