आगलागीबाट बागलुङमा जले दुई घर | Khabarhub Khabarhub

आगलागीबाट बागलुङमा जले दुई घर


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ – बागलुङको ढोरपाटन र जैमिनी नगरपालिकामा आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् । ढोरपाटन–७ बोबाङमा बिहीबार राति भएको आगलागीबाट स्थानीयवासी बमबहादुर कायतको घर जलेर नष्ट भएको छ ।

विद्युत् चुहिएर उनको घरमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख प्रकाशसिंह भण्डारीले जानकारी दिए ।

घरमा आगलागी हुँदा ग्यास सिलिण्डरसमेत पड्किएको थियो । कायतको ढुङ्गाको छाना भएको दुईतले घर पूर्ण रुपमा ध्वस्त भएको भण्डारीको भनाइ छ । आगो स्थानीय र प्रहरीले केही बेरपछि नियन्त्रणमा लिएका थिए ।

त्यस्तै जैमिनी –१ कुश्मीशेरामा आज बिहान आगलागी हुँदा एक घर जलेको छ । तल्लोबजारको एक गुम्टी पसलमा आगलागी भएको हो ।

कमल विकले सञ्चालन गरेको घुम्ती पसलमा बिहान करीब ७ बजे आगलागी भएको प्रहरीले चौकी कुश्मिसेराका प्रहरी सहायक निरीक्षक दीपक नेपालीले जानकारी दिए ।

आगलागीका कारण विकका पसलमा रहेका तिहारका सामान, लत्ताकपडालगायत सबै जलेर नष्ट हुँदा करीब रु दुई लाख २० हजार बराबरको क्षति भएको उनको भनाइ छ ।

आगोका कारण गुम्टी नजीकै मङ्गल परियारले सञ्चालन गरेको शुभकामना टेलर्सका घरमा पनि क्षति पुगेको छ । घरको माथिल्लो तलामा रहेका लत्ताकपडा, खाद्यान्नसहित सामग्री जलेको प्रहरीले जनाएको छ । विद्युत् चुहिएकै कारण आगलागी भएको हो ।

आगो स्थानीयवासीको सक्रियतामा कुश्मिसेरामा रहेका राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आइएमई बैंकको फायर फाइटिङको सहायताले नियन्त्रणमा लिइएको थियो ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  १ : ४३ बजे

बागलुङबाट बर्सेनि आठ लाख २२ हजार टन माटो बग्दै

गलकोट– मनसुन सक्रिय नहुँदै बागलुङको जैमिनी नगरपालिका–९ पैयूथन्थापमा ठूलो बाढी

मुस्ताङ भित्रिए २० हजार ‘हाइब्रिड’ स्याउका बिरुवा

मुस्ताङ– स्याउको उर्वरभूमि मानिएको हिमालपारीको जिल्ला  मुस्ताङमा मङ्गलबार २० हजार

करेन्ट लागेर कामदारको मृत्यु

इनरुवा– सुनसरी सदरमुकाम इनरुवा–३ मा आज करेन्ट लागेर एक कामदारको

विरोधीसँग घाँटी जोडेर दुनो सोझ्‍याउने काम पुष्पलालले कहिल्यै गर्नुभएन : प्रधानमन्त्री

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा कम्युनिष्ट पार्टीका संस्थापक

अर्थसंक्षेप : यामाहा मोटरसाइकल किनेका ग्राहकलाई सास्ती, तीन लाख ९३ हजार क्षतिपूर्ति, रेजर ब्लेडको अनौठो व्यापार र ५ अंकले बढ्यो नेप्से 

गड्डाचौकी भन्सारबाट निर्यात शून्य कञ्चनपुर भन्सार कार्यालय गड्डाचौकीबाट निर्यात शून्य