फ्रान्समा लकडाउन डिसेम्बरसम्म जारी रहने | Khabarhub Khabarhub

फ्रान्समा लकडाउन डिसेम्बरसम्म जारी रहने


२८ कार्तिक २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को – फ्रान्समा कोरोना भाइरसका कारण गरिएको लकडाउन आगामी डिसेम्बर महिनासम्म गरिने बताइएको छ ।

सो कुराको जानकारी फ्रान्सका प्रधानमन्त्री जिन क्यास्टेस्कले दिएका हुन् । फ्रान्समा जारी रहेको लकडाउन आगामी डिसेम्बर महिनासम्म नै कायम रहने बताएका हुन् ।

प्रधानमन्त्री क्यास्टेकको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा  उनले भनेका छन् – म र फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले कम्तीमा आगामी महिनासम्म यो अहिलेको लकडाउन जारी राख्ने निर्णय गरेका छौँ ।

यो लकडानको अवधिमा तोकिएको समयमा भन्दा बाहेक मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् भने कतिपय प्रतिबन्ध गरिएका सेवाहरु पनि सुचारु गर्न पाइने छैन । फ्रान्स सरकारले कोरोना भाइरसका संक्रमितहरु पहिलेको तुलनामा निकै नै बढ्न थालेपछि लकडाउन गरेको छ ।

प्रधानमन्त्री क्यास्टेकले पछिल्लो चरणमा देखा परेको कोरोना भाइरसको प्रभाव निकै नै रहेको देखिएको बताएका छन् । उनका अनुसार फ्रान्समा पछिल्लो हप्ताको तथ्यांक हेर्दा हरेक दिन कम्तीमा पनि ५०० जनाको निधन नै हुने गरेको छ भने दैनिक हजारौँ जना संक्रमितहरु थपिने गरेका छन् ।

यसैले यहाँको सरकारले कडा खालको नाकाबन्दी गरेको छ । यहाँका नागरिकले यस लकडाउनको विरोध पनि गरेका थिए । तर प्रशासनले भने सरकारले गरेको लकडाउनको कार्यान्वयन गराउनका लागि ठूलो निगरानी गरेको जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०७७, शुक्रबार  ६ : २७ बजे

साढे तीन महिनामा काउन्सिलमा एक सय १७ उजुरी

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि हालसम्म प्रेस

रक्षा बमको संयोजकतामा गठन भयो जेन-जी फ्रन्ट

काठमाडौं- रक्षा बमको संयोजकत्वमा जेन-जी फ्रन्ट गठन घोषणा गरिएको छ।

वासिम र रामकुमारीको टिकटक: ‘जानेलाई नजाऊ भन्न नसकिने रहेछ’

काठमाडौं – नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य वसिम आलमले टिकटक

पूर्वकेन्द्रित वर्षा : मोरङमा सबैभन्दा बढी २५० मिलीमिटर

काठमाडौं – बङ्गालको खाडीमा विकसित भएको चक्रवात ‘मोन्था’का कारण यही

मुस्ताङको सरिबुङ पास क्षेत्रमा १४ पदयात्री सम्पर्कविहीन

मुस्ताङ- मुस्ताङ र मनाङ जोड्ने पर्यटकीय पदमार्ग सरिबुङ पास गएका