आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना « Khabarhub

आजको मौसम : हल्का वर्षा र हिमपातको सम्भावना


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले सोमबार हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ।

आज बिहान देशको पहाडी भू-भागका केहि स्थानहरुमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरुमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राति कर्णाली र सुदूरपश्चिम प्रदेशका भू-भागमा आंशिकदेखि सामान्यबदली तथा बाँकी प्रदेशका पहाडी भु-भागमा आंशिक रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाबाट जारी बुलेटिनमा उल्लेख छ।

आइतबार दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भु-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ।

राती बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकि प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा हल्का बर्षा/हिमपातको सम्भावना छ।

सोमबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कर्णाली, सुदूरपश्चिम, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा, हिमपातको सम्भावना रहेको महाशाखाले पूर्वानुमान गरेको छ ।

राति देशभर आंशिकदेखि सामान्य बदली रहि गण्डकी, लुम्बिनी, प्रदेश ३ र १ का थोरै स्थानमा हल्का वर्षा/हिमपातको सम्भावना छ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ८ : ३० बजे

ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्न एक हजार छ सय टावर निर्माण गरिने

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले देशभर दूरसञ्चार सेवाको

सबैको नजर रोनाल्डोमाथि, सरप्राइज दिने दाउमा डीआर कंगो

काठमाडौं – क्रिस्टियानो रोनाल्डो एक विश्वकप जितेर आफ्नो फुटबल करिअरलाई

काठमाडौं विश्वविद्यालयको उपकुलपति पदका लागि दरखास्त आह्वान

काठमाडौं- काठमाडौं विश्वविद्यालय (केयू) को रिक्त उपकुलपति पदका लागि दरखास्त

भियतनाममा बिरालो उद्धार अभियान

हो ची मिन्ह सिटी- भियतनामको हो ची मिन्ह सिटीमा प्रहरीले

ह्याट्रिक गरेपछि मेस्सीको सम्मानमा स्टेडियम नै जुरुक्क उठ्यो 

काठमाडौं– लियोनल मेस्सी फुटबल इतिहासकै महान् खेलाडी रहेको मंगलबार राति फेरि