अमेरिकामा संक्रमितको संख्यामा नयाँ कीर्तिमान, एकैदिन १ लाख ८३ हजारमा संक्रमण « Khabarhub

अमेरिकामा संक्रमितको संख्यामा नयाँ कीर्तिमान, एकैदिन १ लाख ८३ हजारमा संक्रमण


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- अमेरिकामा कोरोना भाइरसको संक्रमणमा नयाँ कीर्तिमान कायम भएको छ ।

एक सातादेखि लगातार संक्रमितको संख्या बढेको अमेरिकामा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै धेरै संक्रमित थपिएका छन् ।

शनिबार एकै दिन १ लाख ८३ हजार ५२७ जनामा संक्रमण देखिएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमित संख्या १ करोड १० लाख ६४ हजार ३६४ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म ६७ लाख ८९ हजार १४६ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका ४० लाख २५ हजार २४३ जनामध्ये ३२ हजार २९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या २ लाख ४९ हजार नाघेको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ३९५ जनाको मृत्यु भएसँगै अमेरिकामा कोरोनाले ज्यान गुमाउनेको संख्या २ लाख ४९ हजार ९७५ पुगेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ९ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना