हार स्वीकार नगरेका ट्रम्पले गरे नयाँ सरकारको संकेत « Khabarhub

हार स्वीकार नगरेका ट्रम्पले गरे नयाँ सरकारको संकेत


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपतीय चुनावमा हार स्वीकार नगरेका राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ सरकार आउन सक्ने संकेत गरेका छन् ।

चुनावमा धाँधली भएको बताउँदै आएका ट्रम्पले जनअरीमा नयाँ सरकार आउन सक्ने पहिलो पटक संकेत दिएका हुन् ।

कोरोनाभाइरस कार्यदलले ह्वाइट हाउस परिसरमा गरेको प्रेस ब्रिफिङमा बोल्दै ट्रम्पले भने, ‘यो प्रशासन लकडाउनमा जाने छैन । भविष्यमा त जे पनि होला । कसलाई के थाहा कुन सरकार हुन्छ । समयले नै बताउला ।’

तर उनले बाइडनको नाम भने लिएनन्। कुनै प्रमाण नदेखाई उनले निर्वाचनमा धाँधली भएको उनले आरोप लगाउँदै आएका छन् ।

उनलाई आफ्नो पराजय स्वीकार्न र सत्ता हस्तान्तरण गर्न तयार हुन दबाव भने बढिरहेको छ ।

सो क्रममा उनले कोरोना भाइरसको महामारीविरुद्धको कार्यक्रम ‘अपरेशन र्‍याप स्पीड’ सफल भएको दाबी गरे ।

आउँदो महिनाभित्र जोखिममा रहेका लाखौँ नागरिकलाई खोप उपलब्ध गराइने पनि उनले बताए ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १२ : ०५ बजे

एमाले पुनर्गठन कार्यदलमा बादल र शंकरले प्रस्तुत गरे दुई फरक प्रतिवेदन

काठमाडौं– नेकपा एमालेको निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलमा दुई

राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि देशभरबाट धमाधम सुझाव सङ्कलन

काठमाडौं– विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६ परिमार्जनका लागि सरकारले

संघीय सरकारको हस्तक्षेपले मौलापुर अस्तव्यस्त, सेवा प्रवाहदेखी निर्माणसम्मका काम प्रभावित

रौतहट– रौतहटको मौलापुर नगरपालिका लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत र

कर्मा र परीक्षाको फिल्म ‘हिमालयन गोल्ड’ मंसिर ४ देखि हलमा

काठमाडौं – नायक कर्मा शाक्य र नायिका परीक्षा लिम्बू शीर्ष

कांग्रेसका २४ बढी नेताहरूको अपिल : महाधिवेशन तालिका रोकेर एकताको निर्णायक वार्ता गरौँ

काठमाडौं- नेपाली कांग्रेसका २४ बढी नेताहरूले असोजमा गर्ने गरी घोषित