हरिणको आक्रमणबाट १ जनाको मृत्यु, महिलाको आँखा फुट्यो « Khabarhub

हरिणको आक्रमणबाट १ जनाको मृत्यु, महिलाको आँखा फुट्यो


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मेलबर्न– अष्ट्रेलियामा घरपालुवा हरिणको आक्रमणमा एक जनाको ज्यान गएको छ ।

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्न शहबाट २ सय किलोमिटर टाढा रहेको वाङ्गाराटा भन्ने स्थानमा भएको घटनामा एक पुरुषको ज्यान गएको र उनकी श्रिमतीको आँखा फुटेको भिक्टोरिया राज्यका प्रहरीले जनाएको छ ।

बाह्रसिंगे र हरिणको क्रसबाट जन्मेको घरपालुवा हरिणले ती मानिस बाहिरबाट आफ्नो घरभित्र पस्नेबित्तिकै आक्रमण गरेको बताइएको छ । हरिणले आक्रमण गरिसकेपछि आफ्ना श्रीमान्नजिक पुगेकी उनकी श्रिमतीलाई पनि हरिणले आक्रमण गरी उनको आँखा फुटाइदिएको भिक्टोरिया राज्यका प्रहरीले जनाएको छ ।

दुबैलाई आक्रमण गरी घरको हाताभित्रै बसिरहेको अवस्थामा प्रहरीले गोली हानी हरिणलाई मारिदिएका थिए ।

समागमको समय रहेकाले हरिण आक्रमक भएको हुनसक्ने अधिकारीले जनाएका छन् । समागमको समयमा पोथी हरिणका लागि भाले हरिणहरु एक आपसमा लड्ने भएकाले हरिण आक्रमक हुने बताइएको छ ।

अस्ट्रेलियामा १९ औँ शताब्दीमा हरिण पु¥याइएको थियो । हाल भिक्टोरिया राज्यको जंगलमा १० लाख भन्दा धेरै जङ्गली हरिण रहेको बताइन्छ । त्यसबाहेक केही परिवारले हरिणलाई घरपालुवा जनावरको रुपमा समेत पाल्ने गरेका छन् ।

अस्ट्रेलियामा घरपालुवा हरिणको आक्रमणबाट कसैको मृत्यु हुने निकै दुर्लभ मानिन्छ । अस्ट्रेलियामा हरेक वर्ष घोडा र गाईको आक्रमणबाट दर्जनौं मानिसहरुको ज्यान जाने रेकर्ड रहेपनि हरिणको आक्रमणबाट मानिसको ज्यान गएको भने दशकपछि पहिलोपटक भएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ६ : १३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड