राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिए : प्रधानमन्त्री « Khabarhub

राजनीतिक संघर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिए : प्रधानमन्त्री


४ बैशाख २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय भर्ना अभियान सफल बनाउन विभिन्न युवा विद्यार्थी सङ्गठनलाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित अन्तरक्रियामा उनले गत वर्षदेखि विशेष रुपले शुरु गरिएको विद्यार्थी भर्ना अभियानलाई घरघरमै गएर सञ्चालन गर्न विद्यार्थी र युवालाई आग्रह गरेका हुन् ।

युवा र विद्यार्थीले अब सिर्जनशील समाज सुधारका काममा लाग्नका लागि कुनै अवरोध नरहेको उनले स्पष्ट पारे ।  ‘अब राजनीतिक सङ्घर्ष र आन्दोलन गर्नुपर्ने दिन सकिएका छन्’, प्रधानमन्त्रीले भने ‘अब युवाहरुले समाज सुधारका लागि शिक्षा, स्वास्थ्य, श्रम, सीप र उत्पादनजस्ता कुरामा ध्यान दिनुपर्छ ।’

नेपाललाई विद्वानहरुको देशका रुपमा पहिचान बनाउनुपर्नेमा जोड दिँदै उनले भने ‘हाम्रा विद्वान् पुर्खाको जेनेटिक मेमोरीको उपयोग हामीले गर्नुपर्छ । विद्वान् पुर्खाका सन्तान हामी केही समय निरक्षर रह्यौँ तर अब यो अवस्था रहिरहन सक्दैन ।’

प्रधानमन्त्री ओलीले बालबालिका विद्यालय भर्नाका लागि अभिभावक सचेतना सञ्चालन गर्नुपर्नेमा पनि जोड दिए । ‘यस वर्षदेखि विद्यालय उमेरका कोही बालबालिका पनि विद्यालय बाहिर हुनुहुँदैन”, प्रधानमन्त्री ओलीले भने ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सरकारले यही वैशाख २ देखि १६ गतेसम्म राष्ट्रिय भर्ना अभियान सञ्चालन गरेको बताउँदै यसमा सबैको सहयोगको अपेक्षा व्यक्त गरे ।

सरकारले हरेक वर्ष वैशाख २ लाई राष्ट्रिय भर्ना दिवसका रुपमा मनाउने घोषणा पनि गरेको छ । गत वर्ष प्रधानमन्त्रीलगायत धेरै पदाधिकारी, नेता र अभिनेताले विद्यार्थीलाई भर्ना गराएर तिनको अभिभावकत्व ग्रहण गरेका थिए ।

प्रकाशित मिति : ४ बैशाख २०७६, बुधबार  ५ : १७ बजे

लुम्बिनीविरुद्ध काठमाडौंको ब्याटिङ धरापमा, १० ओभरमा ६ विकेटको क्षति ५१ रन

काठमाडौं– नेपाल प्रिमिर लिग (एनपीएल) सिजन २ अन्तर्गत बुधबार जारी

सम्पादकसँग ईश्वर पोखरेलको अन्तर्क्रिया (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक

आप्रवासन नियममाकडाइ गरेपछि अमेरिकाद्वारा ८५ हजार भिसा रद्द

एजेन्सी– अमेरिकी विदेश विभागले आप्रवासन नियम र सीमा सुरक्षामा कडाइ

ओली संरक्षक बन्नुपर्छ, अध्यक्षमा अर्को नाम आए सहमति हुन्छ : ईश्वर पोखरेल

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले केपी ओली बाहेक

ओलीबाहेक अरुको नेतृत्वमा सहमति हुन सक्छ : ईश्वर पोखरेल

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष केपी