सूर्य थापाको आरोप – प्रचण्डको प्रस्तावले स्थायी समिति बैठक निर्णयको ठाडो उल्लङ्घन गर्‍यो « Khabarhub

सूर्य थापाको आरोप – प्रचण्डको प्रस्तावले स्थायी समिति बैठक निर्णयको ठाडो उल्लङ्घन गर्‍यो


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं  – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शुक्रवार बसेको सचिवालय बैठकपछि नेकपाका नेताहरुबीच आरोपप्रत्यारोपको श्रृङ्खला बढेको छ ।

प्रचण्ड र माधवकुमार नेपाल पक्षको दबाबपछि शुक्रवार बसेको सचिवालय बैठकमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रस्ताव पेश गरेका थिए ।

केही दिनअघि प्रचण्ड–नेपाल पक्षले लिखित माग राखी सचिवालय बैठक डाक्न प्रस्ताव गरेपछि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डलाई विभिन्न आरोप लगाउँदै पत्र पठाएका थिए । उनले पत्रमार्फत प्रचण्डले सरकार चलाउन खोजेको दाबी गरेका थिए ।

त्यसको जवाफमा सचिवालय बैठकमा प्रचण्डले ‍ओलीलाई विभिन्न संगीन आरोप लगाउँदै जवाफ फर्काएका थिए ।

यसै विषयमा बोल्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले अध्यक्ष दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण भएको बताएका छन् ।

शनिवार सामाजिक सञ्जालमा लेख्दै थापाले भने, “अध्यक्ष पुष्पकमल दाहालले पार्टी सचिवालयमा एकल रूपमा मनोमानीपूर्ण ढंगले बाँडेको अराजनीतिक प्रस्ताव स्वयंमा अनधिकृत, गैरजिम्मेवार, अनैतिक, भ्रमको पुलिन्दा र तथ्यको नांगो भ्रष्ट्रीकरण हो ।”

थापाले नेकपा अध्यक्ष केपी शर्मा ओलीमाथि आरोप लगाइएको उक्त पत्रबारे पार्टी कमिटिहरुमा छलफल हुन नसक्ने धारणा व्यक्त गरे ।

उनले दुवै अध्यक्षको सहमतिमा मात्रै कुनै प्रस्ताव तयार हुनुपर्नेमा प्रचण्डले नियम उल्लंघन गरेको आरोप समेत लगाएका छन् ।

“यस्तो लाञ्छनापत्रमाथि कमसेकम पार्टी कमिटीहरूमा छलफल हुनसक्दैन । पार्टी विधान, परम्परा, अभ्यास र दुबैजना अध्यक्षको सहमतिमा मात्रै कुनै पनि प्रस्ताव तयार भएर प्रस्तुत हुने पछिल्लो स्थायी समिति बैठकले समेत गरेको निर्णयको यो ठाडो उल्लंघन हो ।” थापाको भनाइ छ ।

साथै उनले उक्त एकल प्रस्तावलाई फिर्ता गर्नका लागि माग गरेका छन् । उक्त प्रस्ताव फिर्ता नभएमा पार्टीको कुनैपनि तहको बैठक र छलफल नभई शत्रुवत र निरर्थक बन्न पुगेको उनले दाबी गरेका छन् ।

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  ४ : १० बजे

आठ खर्ब लाग्ने पुनःनिर्माणका लागि कसरी जुटाउला सरकारले स्रोत ?

काठमाडौं- भोटेकोशीमा गत भदौ १० गते आएको विनाशकारी बाढीले निकै

प्राप्त सुझावलाई प्राथमिकतामा राखेर काम गर्छौँ : मन्त्री पोखरेल

सप्तरी– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि

नहरमा नुहाउने क्रममा डुबेर बालकको मृत्यु

काठमाडौं– कञ्चनपुरको बेदकोट नगरपालिकामा महाकाली सिँचाइको नहरमा डुबेर एक बालकको मृत्यु

शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो

महेन्द्रनगर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ पिल्लरीफाँटा आज जङ्गली हात्तीको बथानले दुईवटा

झलनाथ खनाल भन्छन् : नेपाल-चीन सम्बन्धलाई अझ उन्नत बनाउनुपर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपाल–चीन सम्बन्धलाई बहुआयामिक क्षेत्रमा विकास गर्नुपर्नेमा जोड