कलाकारहरुको लक्ष्मीपूजा (फोटो फिचर) « Khabarhub

कलाकारहरुको लक्ष्मीपूजा (फोटो फिचर)


२९ कार्तिक २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- तिहारको तेस्रो दिन (आज) साँझ नेपालीहरुले घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा गरेका छन्।

औँशीको रात लक्ष्मीलाई प्रसन्न पार्न घरघरमा उज्यालो पारिएको छ । यतिबेला काठमाडौं उपत्यका बत्तीको उज्यालोले झिलिमिली देखिएको छ।

फूल, रङ र उज्यालोको चाड दिपावलीमा बत्तीको झिलिमिलीसँगै खेलिने देउसी भैलीले जोकोहीलाई रोमाञ्चक बनाउने भए पनि यसवर्ष कोरोना महामारीका कारण केही कमी देखिएको छ ।

देउसी भैली कार्यक्रम कहीँ कतै गरिएका छैनन् । कोरोनाका कारण घरभित्रै सीमित बनेका कलाकारहरुले पनि  घरमा लक्ष्मीपूजा गरेका छन् ।

कतिपयले लक्ष्मीपूजा गर्दै गरेका तस्वीरहरु सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् । कतिपयले तिहारको अवसरमा शुभकामना दिँदै सबैको घरमा लक्ष्मीको बास होस् भन्ने कामना गरेका छन् ।

कलाकार हरिवंश आचार्य  दीपकराज गिरी, जितु नेपाल, नायिकाहरु करिश्मा मानन्धर, पूजा शर्मा, नीता ढुंगाना, स्वेता खड्का, नम्रता सापकोटा, बेनिशा हमाल, आँचल शर्मा लगायतका कलाकारले लक्ष्मीपूजा गरेका तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन् ।

तस्वीरमा कलाकारको लक्ष्मी पूजा

 

प्रकाशित मिति : २९ कार्तिक २०७७, शनिबार  १० : ५४ बजे

काठमाडौँमा हिमालयन रिम फिल्म प्रदर्शनी सुरु

काठमाडौँ– हिमालयन रिम फिल्म प्रदर्शनी सुरु भएको छ । ‘मार्शल

विश्वकप २०२६ का सबैभन्दा महंगा प्रशिक्षक को हुन् ?

फिफा विश्वकप २०२६ अब ढोकामै आइपुगेको छ। अमेरिका, मेक्सिको र

भोजपुरको षडानन्दमा ‘एक घर एक धारा’ को पहुँच

भोजपुर– भोजपुरको उत्तरी क्षेत्र षडानन्द नगरपालिकामा सञ्चालित लोमा खोला खानेपानी

म्याग्दीका तीन ठाउँमा नदी नियन्त्रण योजना निर्माण

म्याग्दी– ऊर्जा, जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय म्याग्दीमार्फत चालु आर्थिक

प्रधानमन्त्री बालेन लक्षित रविका दाजुको व्यङ्ग्य: ‘संसद् नजाने भए टेलिभिजनमा बोलाएर र्‍याखर्‍याख्ती पार’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका