भारतमा ८८ लाखभन्दा बढीमा संक्रमण « Khabarhub

भारतमा ८८ लाखभन्दा बढीमा संक्रमण


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  भारतमा कोरोना संक्रमितको संख्या ८८ लाख नाघेको छ ।

पछिल्ला केही सातायता संक्रमण दर घट्दै गएको भारतमा पछिल्लो २४ घण्टामा ४१ हजारभन्दा बढी संक्रमित भएका छन् ।

थप ४१ हजार ६५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ८८ लाख १४ हजार ९०२ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ८२ लाख ३ हजार ७३७ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै कोरोना भाइरसको संक्रमणले मृत्यु हुनेको संख्या १ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा थप ४४९ जनाको मृत्यु भएसँगै भारतमा कोरोनाले ज्यान गुमाउनेको संख्या १ लाख २९ हजार ६७४ पुगेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ६ : ५५ बजे

भारतमा ट्याङ्कर दुर्घटना भएर बसमा ठोक्किँदा आगलागी : नौ जनाको मृत्यु

काठमाडौं – भारतको कर्नाटकमा बस र ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका