कोरोना अपडेटः अमेरिकामा थपिए एकै दिन लाखौं संक्रमित, विश्वमा १३ लाखको मृत्यु | Khabarhub Khabarhub

कोरोना अपडेटः अमेरिकामा थपिए एकै दिन लाखौं संक्रमित, विश्वमा १३ लाखको मृत्यु


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को सङ्क्रमणबाट मृत्यु हुनेको संख्या १३ लाख नाघेको छ । कोरोनाका कारण विश्वका हालसम्म २ सय १५ मुलुकका गरी कूल १३ लाख १८ हजार ३८ जनाले ज्यान गुमाएका छन् ।

पछिल्ला विवरणहरु अनुसार कोभिड–१९ बाट सङ्क्रमित हुनेको संख्या विश्वभर ५ करोड ४३ लाख १८ हजार पुगेको छ । त्यस्तै कूल सङ्क्रमितमध्ये ३ करोड ७८ लाख ६६ हजार निको भएका छन् भने करीब १ करोड ५१ लाख ३४ हजारभन्दा सक्रिय सङ्क्रमित छन् ।

कोरोना भाइरसका संक्रमितमध्ये विश्वभर अझै पनि ९८ हजार व्यक्तिको स्वास्थ्य अवस्था निकै जटिल रहेको छ । पेशा व्यवसाय खोल्ने वा नखोल्ने भन्ने विषयमा दोधारमा रहेको संयुक्तराज्य अमेरिकामा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ भने यहाँ सङ्क्रमितको संख्या १ करोड १२ लाख २६ हजार नाघिसकेको छ ।

अमेरिकामा हालसम्म कोरोना संक्रमणपछि २ लाख ५१ हजारभन्दा बढीको ज्यान गएको छ भने ६ लाख ८९ हजारभन्दा बढी निको भइसकेका छन् । अमेरिकामा पछिल्लो २४ घण्टामा १ लाख ५७ हजारभन्दा बढी संक्रमित थपिएका छन् भने १ हजार २ सय ६० जनाले पछिल्लो २४ घण्टामा ज्यान गुमाएका छन् ।

पछिल्लो विवरण अनुसार विश्वकै दोस्रो ठूलो जनसंख्या रहेको भारतमा ८८ लाख १४ हजार ९०० जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना संक्रमणपछि १ लाख २९ हजार जनाको ज्यान गइसकेको छ ।

पछिल्लो २४ घण्टामा भारतमा ४१ हजार ६ सय ५९ जना कोरोना संक्रमित थपिएका छन् भने ४ सय ४९ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै ब्राजिलमा करिब ५८ लाख ४८ हजार ४८ हजार भन्दा बढी व्यक्ति सङ्क्रमित भएकामा १ लाख ६५ हजार ६५३ जनाको मृत्यु भएको छ ।

यस्तै युरोपेली मुलुक फ्रान्समा १९ लाख ५४ हजार ५९९ हजार कोरोना संक्रमित थपिएका छन् । यहाँ पछिल्लो २४ घण्टामा ३२ हजार संक्रमित थपिएका छन् । यस्तै २४ ३ सय ५४ जनाले ज्यान गुमाएका छन् ।

खोप विकास गरिसकेको घोषणा गरेको रसियामा पनि १९ लाख ३ हजार कोरोना संक्रमित पुगेका छन् ।

रसियामा पछिल्लो २४ घण्टामा करीब २२ हजार ७ सय नयाँ संक्रमित थपिएका छन् ।

युरोपेली मुलुकहरु खासगरी फ्रान्स, रसिया, स्पेन र बेलायतमा कोरोनाभाइरस सङ्क्रमणको दोस्रो लहर शुरु भएको आँकलन गर्दै सार्वजनिक जनजीवनमा धेरै किसिमका प्रतिबन्धहरुको घोषणा गर्न थालिएको छ ।

नेपालमा हालसम्म २ लाख ८ हजार २९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण हालसम्म १ हजार २ सय १५ जनाले ज्यान गुमाएका छन् भने १ लाख ७० हजार ६३२ जना निको भएका छन् ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ८ : ०५ बजे

सातौँ ‘मुन्दुम ट्रेल रेस’ प्रतियोगिता सम्पन्न

भोजपुर – मुन्दुम पदमार्गको प्रवर्द्धनका लागि आयोजना गरिएको सातौँ ‘मुन्दुम

नेपालभर ११औंँ अन्तरराष्ट्रिय योग दिवस मनाइयो

काठमाडौं – अन्तरराष्ट्रिय योग दिवसको ११औंँ संस्करण नेपालका १० सहर

एमालेको राष्ट्रवादी अडानलाई कमजोर बनाउने प्रयास भइरहेको छ : ईश्वर पोखरेल

धादिङ – नेपाल कम्युनिष्ट पार्टी (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले

एसीसी यू १६ इस्ट जोन कप : नेपालले आइतबार सिंगापुरसँग खेल्ने

काठमाडौं – मलेसियामा आइतबारदेखि एसीसी यू–१६ इस्ट जोन कप क्रिकेट

ब्राजिलमा ‘हट एअर बेलुन’ दुर्घटना हुँदा आठ जनाको मृत्यु

साओ पाउलो – ब्राजिलको सान्टा क्याटारिना राज्यका गभर्नरले शनिबार दक्षिणी