प्रचण्डसहितका नेतालाई विश्वासमा लिएर अघि बढ्न ओलीलाई गौतमको सुझाव | Khabarhub Khabarhub

प्रचण्डसहितका नेतालाई विश्वासमा लिएर अघि बढ्न ओलीलाई गौतमको सुझाव


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं सत्तारूढ नेकपाका प्रथम अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष बामदेव गौतमसँग भेटवार्ता गरेका छन् ।

आइतबार बिहान भएको भेटमा ओलीले पार्टीभित्र देखिएको विवाद समाधानका लागि भूमिका खेल्न गौतमलाई आग्रह गरेका थिए ।

ओलीको आग्रहमा गौतमले कार्यकारी अध्यक्ष प्रचण्डसहितको नेतृत्वलाई अन्डरमाइण्ड नगरी सबैलाई समेटेर लैजान सुझाव दिएका छन् ।

बैठकमा प्रस्ताव नै पेस भएकाले सहमति वा छलफलबाटै  त्यसलाई निर्क्यौलमा पुर्‍याउनको विकल्प अब नभएको उनले बताएको स्रोतले जनाएको छ । पार्टीभित्र अल्पमतमा परेपछि ओलीले फेरि गौतमलाई इच्छा बमोजिमको मन्त्री बन्न अफरसमेत राखेको बताइन्छ ।

पार्टीभित्र संकट बढ्दै गएपछि ओलीले यहीबीचमा पटक/पटक राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गरेका छन् । ती भेटवार्तामा के भए भन्ने चाँही अहिलेसम्म खुलेको छैन ।

पार्टी र सरकार सञ्चालनमा भइरहेका असन्तुष्टिबाट सुरू भएको नेकपाको विवाद विभिन्न नियुक्ति र राजनीतिक चलखेलपछि फुट नजिक पुगको छ ।

बहुमत सचिवालय सदस्यको दबाबपछि शुक्रबार बसेको सचिवालय बैठकमा प्रचण्डले ओलीविरूद्धको राजनीतिक प्रस्ताव छलफलमा लगेका छन् । जसमा ओलीले पार्टी र सरकारको नेतृत्वमा त्याग देखाउन पर्ने उल्लेख गरिएको छ ।

उक्त प्रस्तावमा वरिष्ठ नेता माधव कुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि समर्थन रहेपछि ओली संकटमा परेका छन् ।

बहुमत सचिवालय सदस्य ओलीविरूद्ध संस्थागत रूपमै लागेपछि उनी फेरि आफ्नो पक्षमा बहुमत बनाउन क्रियाशिल भएका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  २ : ३७ बजे

टेलिकमले भन्यो- मोबाइलमा आएका शंकास्पद लिंकहरू नखोल्नुहोस् 

काठमाडौं– नेपाल टेलिकमले ग्राहकहरूको मोबाइलमा यूआर एल एड्रेसहरू राखेर आएका लिंकहरु

माइभगवती रङ्गशाला : बजेट अभावमा निर्माण ठप्प

फिक्कल– इलाम नगरपालिका–१० गोदकस्थित राजदुवाली टप्पुमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको ‘माइभगवती रङ्गशाला’

रास्वपाले भन्यो- कांग्रेस-एमालेले संकलन गरेको हस्ताक्षर लोकतन्त्रको लागि ठूलो खतरा

काठमाडौं– प्रतिपक्षी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सत्तारूढ नेपाली कांग्रेस र

अमेरिकी प्रष्टिकरण : भारतमाथिको प्रतिबन्ध रूसलाई दबाब बढाएर युद्ध रोक्न

नयाँदिल्ली- अमेरिकाले भारतमाथि लगाइएको प्रतिबन्धले रसियालाई युक्रेन युद्ध रोक्न दबाब

लगानीमैत्री वातावरण बनाउन सरकार लागि परेको छ : मन्त्री पाण्डे

कीर्तिपुर– पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पर्यटनमा निजी