जुवाखालबाट नौ जना पक्राउ | Khabarhub Khabarhub

जुवाखालबाट नौ जना पक्राउ


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर प्रहरीले नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेका उनीहरूलाई त्रियुगा नगरपालिका १० करमगाछीबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१० का ४९ वर्षीय प्रेम भट्टराई, त्रियुगा नगरपालिका-११ गाईघाट बजारका ४० वर्षीय मन्दीप राई, ४० वर्षीय राजनकुमार राउत, त्रियुगा नगरपालिका-१० का २० वर्षीय ईश्वर खड्का, त्रियुगा नगरपालिका-१२ गाईघाट बजारका ४५ वर्षीय बलबहादुर कार्की रहेका छन् ।

यस्तै त्रियुगा नगरपालिका-१ का ४० वर्षीय नवीन राई, त्रियुगा नगरपालिका-८ का ४२ वर्षीय पुरुषोत्तम कार्की, त्रियुगा नगरपालिका-११ का ४१ वर्षीय मेखबहादुर राई र त्रियुगा नगरपालिका-३ का २९ वर्षीय सुनिल चौधरी पनि पक्राउ परेका छन् ।

उनीहरूलाई त्रियुगा नगरपालिका-१० करमगाछिस्थित प्रेम भट्टराईको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको साथबाट एक बुङ तास, १७ थान मोबाइल, १९ वटा कौडा, छ थान मोटरसाइकलको चाबी, दुई थान सुनको सिक्री र तिन थान सुनको औँठी फेला परेको छ ।

यसै गरी कृषि विकास बैङ्कको १ लाखको चेक, नबिल बैङ्कको २ लाख दश हजारको चेक र नगद २ लाख ४७ हजार १ सय १७ रुपैयाँ फेला परेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ५ : ४३ बजे

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

चितवन– नेपाली कांग्रेसका नेता एवं गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको

मधेशमा ४७ प्रतिशत मात्र रोपाइँ, यस्तो छ महोत्तरीको अवस्था (तस्बिरहरू) 

काठमाडौं– देशको अन्न भण्डारका रूपमा चिनिने मधेश प्रदेशमा यस वर्ष

यम्बे लाहुरेको पालाम वृतान्त !

सुनसरी – पालामको भाका र लयमा पान्थरको आङ्साराङ मावली घरमा

उदयपुरमा एक वर्षमा आठ हजार बढीले लिए राहदानी

उदयपुर– एक वर्षमा झण्डै साढे आठ हजार जनाले राहदानी लिएका

रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एक दम्पतीको मृत्यु

सप्तरी– सप्तरीको रुपनी गाउँपालिका– २ पौवाँमा सिटी रिक्सा चार्ज गर्ने