जुवाखालबाट नौ जना पक्राउ « Khabarhub

जुवाखालबाट नौ जना पक्राउ


३० कार्तिक २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर- उदयपुर प्रहरीले नौ जना जुवाडेलाई पक्राउ गरेको छ ।

जुवा खेलिरहेका उनीहरूलाई त्रियुगा नगरपालिका १० करमगाछीबाट आइतबार बिहान पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा त्रियुगा नगरपालिका-१० का ४९ वर्षीय प्रेम भट्टराई, त्रियुगा नगरपालिका-११ गाईघाट बजारका ४० वर्षीय मन्दीप राई, ४० वर्षीय राजनकुमार राउत, त्रियुगा नगरपालिका-१० का २० वर्षीय ईश्वर खड्का, त्रियुगा नगरपालिका-१२ गाईघाट बजारका ४५ वर्षीय बलबहादुर कार्की रहेका छन् ।

यस्तै त्रियुगा नगरपालिका-१ का ४० वर्षीय नवीन राई, त्रियुगा नगरपालिका-८ का ४२ वर्षीय पुरुषोत्तम कार्की, त्रियुगा नगरपालिका-११ का ४१ वर्षीय मेखबहादुर राई र त्रियुगा नगरपालिका-३ का २९ वर्षीय सुनिल चौधरी पनि पक्राउ परेका छन् ।

उनीहरूलाई त्रियुगा नगरपालिका-१० करमगाछिस्थित प्रेम भट्टराईको घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

जुवा खेलिरहेको भन्ने विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । पक्राउ परेकाहरूको साथबाट एक बुङ तास, १७ थान मोबाइल, १९ वटा कौडा, छ थान मोटरसाइकलको चाबी, दुई थान सुनको सिक्री र तिन थान सुनको औँठी फेला परेको छ ।

यसै गरी कृषि विकास बैङ्कको १ लाखको चेक, नबिल बैङ्कको २ लाख दश हजारको चेक र नगद २ लाख ४७ हजार १ सय १७ रुपैयाँ फेला परेको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७७, आइतबार  ५ : ४३ बजे

भोट फिर्ताबारे गृहमन्त्रीको जवाफ : आफ्नो क्षेत्रका मतदातासँग ‘जोक’ गरेको थिएँ

काठमाडौं– गृहमन्त्री सुधन गुरुङले हालै गृहजिल्ला गोरखामा ‘भोट फिर्ता लैजानुस्’ भनेर

खाडी मुलुकलाई इरानको चेतावनी 

तेहरान- इरानले अमेरिकी सेनालाई सहयोग गर्ने वा आफ्नो भूभाग सैन्य गतिविधिका

तीन वर्षीया नाबालिकाको बलात्कारपछि हत्या, १६ वर्षीय किशोरले चकलेट दिएर फकाउँदै लगेका थिए

सिमरा- बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरमा तीन वर्षीया नाबालिकाको जबरजस्ती करणीपछि

कन्सर्टका लागि भारतीय गायक नवजोत काठमाडौंमा

काठमाडौं – चर्चित भारतीय गायक नवजोत आहुजा कन्सर्टका लागि काठमाडौं

रास्वपा बैठकमा उठ्यो प्रश्न- ग्यासको आपूर्ति बढाउँदा पनि किन अभाव देखियो ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीं(रास्वपा)का सांसदहरुले वैशाख महिनामा बजारमा करिब २२ लाख