तिहारका चिल्ला र गुलिया परिकारबाट यस्ता छन् बच्ने उपाय | Khabarhub Khabarhub

तिहारका चिल्ला र गुलिया परिकारबाट यस्ता छन् बच्ने उपाय


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैंपछिको ठूलो चाड तिहारमा नेपालीहरू व्यस्त छन् । तिहार बालिने बत्ती, दाजुभाइ दिदीबहिनीको भेट तथा देउसी भैलीको निकै महत्व छ । यसअलावा तिहारमा पकाइने परिकार सेलरोटी, अनर्सा वा मिठाईसमेत निकै महत्वपूर्ण हुन्छ ।

सेल, अर्नसा र मिठाईमा धेरै गुलियो र चिल्लो हुन्छ । एकैसाथ धेरै चिल्लो र गुलियो खादाँ स्वास्थ्यमा क्षणिक र दीर्घकालीन दुबै स्वास्थ्य समस्या आउन सक्छ ।

त्यसैले तिहारमा पकाइने चिल्लो र गुलियो परीकारबाट स्वास्थ्य जोगाउने केहि उपायबारे चर्चा गर्दैछौँ-

१. सबैभन्दा पहिलो कुरो भुलेर पनि खाली पेटमा सेलरोटी नखानु होला । अन्यथा अम्लपित्त अर्थात् एसिडिटी बढ्ने सम्भावना हुन्छ । साथै सेलरोटी खाँदा फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुहोला ।

२. तिहारमा पकाइने सेलरोटी, अनर्सा लगायतका परीकारमा प्रयोग भएको चिल्लो तथा गुलियोले कोलेस्टेरोल, रक्तचाप, मधुमेह बढाउँछ । त्यसैले यस्ता रोगका बिरामीले कम मात्रामा यी परिकारको सेवन गर्नुहोस् ।

३. तेलमा पकाइएका खानेकुरा पचाउन गारो हुने भएकाले पाचन समस्या भएका, पखाला, डाइरीया लागेकाहरुले सकेसम्म सेवन नगरकै राम्रो हुन्छ ।

४. सेल वा अन्य परीकार घ्यू वा बोसोमा पकाउनुको सट्टा सकेसम्म तेलमा नै पकाउनु होला । तिहारमा खाने माछामासु सम्भव अनुसार ताजा खानु होला ।

५. सेलरोटी पकाउने तेल शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल भए राम्रो हुन्छ । अन्य तेल वा घ्युको प्रयोग नगर्नुहोला ।

६. लामो समय सेलरोटी पकाउँदा, तेलको दियो वा मैनबत्ती कोठामा बाल्दा स्वासप्रश्वासमा समस्या आउन सक्छ । तसर्थ खुला ठाउँमा पकाउने र घरीघरी बाहिर निस्कनुहोला ।

७. चिल्लो मात्र होइन मदिरा स्वास्थ्यका लागि हानिकारक छ । यसको सेवनले मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउन सक्छ । तसर्थ मदिरा सेवनबाट टाढा रहनुहोला ।

८. तिहारमा सकेसम्म दूध चिया सेवन नगर्नुहोला । यसले समेत एसिडीटी बढाउने गर्दछ । बरु कागती हालेको चियाको सेवन गरेमा यसले चिल्लोलाई काट्न मद्दत गर्दछ ।

९. जुनसुकै खाना धेरै खाएपछि अनिवार्य पसिना आउञ्जेल कुनै व्यायाम वा एक घण्टा पैदल हिँड्नुहोला ।

१०. कतिपय मानिसमा तिहारमा तास खेल्ने बानी हुन्छ जसले अबेर रातिसम्म निन्द्रा पूरा नहुन सक्छ । तसर्थ समयमा नै सुत्नु राम्रो हुन्छ । – विज्ञहरूको सुझावका आधारमा

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ५ : ३५ बजे

इरानमा आक्रमणप्रति विधायकको मिश्रित प्रतिक्रिया : ट्रम्पलाई युद्धको अधिकार नभएको दाबी

वाशिङ्टन – इरानको आणविक केन्द्रमा अमेरिकाले आक्रमण गरेपछि त्यहाँका विधायकको

पर्वतमा १४० रोपनी क्षेत्रफलमा जापानी कटुसखेती

पर्वत– पर्वतमा जनशक्ति अभाव र बाँदर आतङ्कले खेतीपाती गर्न छाडेर

राष्ट्र बैंकको अध्ययन : यस्ता छन् मधेस प्रदेशका आर्थिक चुनौती

काठमाडौं– नेपाल राष्ट्र बैंकले मधेस प्रदेशका केही आर्थिक चुनौती रहेको

अन्तर्राष्ट्रिय सम्बन्धसहित दुईवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।

पहिलो टेस्टमा ब्याट्सम्यान हाबी : दुई दिनमा चार शतक प्रहार

लन्डन – लिड्समा जारी भारत र इङ्गल्यान्डको पहिलो टेस्टमा ब्याट्सम्यान