तिहारका चिल्ला र गुलिया परिकारबाट यस्ता छन् बच्ने उपाय « Khabarhub

तिहारका चिल्ला र गुलिया परिकारबाट यस्ता छन् बच्ने उपाय


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- दशैंपछिको ठूलो चाड तिहारमा नेपालीहरू व्यस्त छन् । तिहार बालिने बत्ती, दाजुभाइ दिदीबहिनीको भेट तथा देउसी भैलीको निकै महत्व छ । यसअलावा तिहारमा पकाइने परिकार सेलरोटी, अनर्सा वा मिठाईसमेत निकै महत्वपूर्ण हुन्छ ।

सेल, अर्नसा र मिठाईमा धेरै गुलियो र चिल्लो हुन्छ । एकैसाथ धेरै चिल्लो र गुलियो खादाँ स्वास्थ्यमा क्षणिक र दीर्घकालीन दुबै स्वास्थ्य समस्या आउन सक्छ ।

त्यसैले तिहारमा पकाइने चिल्लो र गुलियो परीकारबाट स्वास्थ्य जोगाउने केहि उपायबारे चर्चा गर्दैछौँ-

१. सबैभन्दा पहिलो कुरो भुलेर पनि खाली पेटमा सेलरोटी नखानु होला । अन्यथा अम्लपित्त अर्थात् एसिडिटी बढ्ने सम्भावना हुन्छ । साथै सेलरोटी खाँदा फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुहोला ।

२. तिहारमा पकाइने सेलरोटी, अनर्सा लगायतका परीकारमा प्रयोग भएको चिल्लो तथा गुलियोले कोलेस्टेरोल, रक्तचाप, मधुमेह बढाउँछ । त्यसैले यस्ता रोगका बिरामीले कम मात्रामा यी परिकारको सेवन गर्नुहोस् ।

३. तेलमा पकाइएका खानेकुरा पचाउन गारो हुने भएकाले पाचन समस्या भएका, पखाला, डाइरीया लागेकाहरुले सकेसम्म सेवन नगरकै राम्रो हुन्छ ।

४. सेल वा अन्य परीकार घ्यू वा बोसोमा पकाउनुको सट्टा सकेसम्म तेलमा नै पकाउनु होला । तिहारमा खाने माछामासु सम्भव अनुसार ताजा खानु होला ।

५. सेलरोटी पकाउने तेल शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल भए राम्रो हुन्छ । अन्य तेल वा घ्युको प्रयोग नगर्नुहोला ।

६. लामो समय सेलरोटी पकाउँदा, तेलको दियो वा मैनबत्ती कोठामा बाल्दा स्वासप्रश्वासमा समस्या आउन सक्छ । तसर्थ खुला ठाउँमा पकाउने र घरीघरी बाहिर निस्कनुहोला ।

७. चिल्लो मात्र होइन मदिरा स्वास्थ्यका लागि हानिकारक छ । यसको सेवनले मुटु, पेट, कलेजो तथा किड्नीको समस्या आउन सक्छ । तसर्थ मदिरा सेवनबाट टाढा रहनुहोला ।

८. तिहारमा सकेसम्म दूध चिया सेवन नगर्नुहोला । यसले समेत एसिडीटी बढाउने गर्दछ । बरु कागती हालेको चियाको सेवन गरेमा यसले चिल्लोलाई काट्न मद्दत गर्दछ ।

९. जुनसुकै खाना धेरै खाएपछि अनिवार्य पसिना आउञ्जेल कुनै व्यायाम वा एक घण्टा पैदल हिँड्नुहोला ।

१०. कतिपय मानिसमा तिहारमा तास खेल्ने बानी हुन्छ जसले अबेर रातिसम्म निन्द्रा पूरा नहुन सक्छ । तसर्थ समयमा नै सुत्नु राम्रो हुन्छ । – विज्ञहरूको सुझावका आधारमा

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ५ : ३५ बजे

आइपीएल : कोलकाताको लगातार तेस्रो जित, हैदरावाद ८० रनले पराजित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत भएको खेलमा कोलकाता

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक