नेपाल संवतले निःस्वार्थ भावले समाजमा अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास « Khabarhub

नेपाल संवतले निःस्वार्थ भावले समाजमा अग्रसर रहन प्रेरणा दिने राष्ट्रपतिको विश्वास


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल संवत् ११४१ ले समाजको उन्नति र प्रगतिका लागि निःस्वार्थ भावले अग्रसर रहन सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाल संवत् नयाँ वर्षका अवसरमा आज शुभकामना सन्देश दिँदै यस संवतले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन्।

उनले सन्देशमा विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को बढ्दो संक्रमणबाट जोगिन पूर्वसावधानीका उपायको अधिकतम पालना गर्दै नेपाल संवत्को नयाँ वर्ष मनाउन सबैमा आह्वान पनि गरेकी छन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्द्धन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने नेपालको मौलिक राष्ट्रिय संवत् हो ।

यस संवतको पहिलो दिन कात्तिक शुक्लपक्ष प्रतिपदादेखि शुरु हुन्छ । लिच्छविकालीन राजा राघवदेवका समयमा काठमाडौं उपत्यकामा रहेका गरीब जनतालाई ऋणमुक्त गरी साख्वाले यस संवतलाई प्रचलनमा ल्याएको मानिन्छ ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ८ : २५ बजे

जितु र बरुणको भेट किन चर्चामा छ ?

काठमाडौं – कलाकार जितु नेपाल र बलिउड सुपरस्टार बरुण धवन

प्रतिनिधिसभा निर्वाचन सफल बनाउन राष्ट्रपतिको आह्वान

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आसन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन सबैलाई

बंगलादेशका अन्तरिम प्रमुख युनुसको राजीनामा अघि भारत लक्षित विवादास्पद अभिव्यक्ति

काठमाडौं– बंगलादेशका अन्तरिम सरकार प्रमुख मोहम्मद युनुसले पदबाट राजीनामा दिनुअघि

प्रतिनिधिसभा सदस्य निर्वाचनको मतपत्र छपाइ सकियो

भक्तपुर– आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

मकै पोलेर आम्दानी

मोरङ– बेलबारी नगरपालिका–८ राधानगरकी प्रमिला राईले विगत सात वर्षदेखि पूर्वपश्चिम