नेपाल संवत् ११४१ सुरू « Khabarhub

नेपाल संवत् ११४१ सुरू


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल संवत् अनुसारको नयाँ वर्ष ११४१ आज सुरु भएको छ ।

नयाँ वर्ष ११४१ का अवसरमा आज विविध कार्यक्रम गरिँदैछ । काठमाडौँ उपत्यकासहित नेवार समुदायको बाहुल्य रहेको स्थानमा विशेषरुपमा मनाउने नेपाल संवतमा यो वर्ष खास उल्लास भने छैन ।

यस वर्ष कोरोना संक्रमणको महामारीको त्रासले खास जमघटसहितका कार्यक्रम छैनन् ।

राष्ट्रिय विभूति शङ्खधर साख्वाले विसं ९३७ (इ सं ८८०) मा गरिब नागरिकको ऋणमोचन गरी नेपाल संवतको सुरुवात गरेका थिए ।

नेपाल संवतले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवतका मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डाक्टर त्रिरत्न मानन्धरले जानकारी दिए ।

२००७ मा प्रजातन्त्र स्थापनादेखि नै नेपाल संवतलाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

२०५६ सालमा साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिएको थियो ।

विक्रम संवत् २०६५ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले नेपाल संवतले राष्ट्रिय मान्यता पाउने घोषणा गरेका थिए ।

 

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ७ : ५५ बजे

मोदी–मेर्ज वार्ता गान्धीनगरमा

एजेन्सी – प्रधानमन्त्री नरेन्द्र मोदीले जर्मन सङ्घीय चान्सलर फ्रेडरिक मेर्जसँग

शेखरले भने : विष पिएर पनि कांग्रेसलाई फुट्नबाट जोगाउँछु, दुवै पक्षसँग अन्तिम प्रयास गर्दैछु

काठमाडौं– नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले आफूनिकट केन्द्रीय

त्रिवि शिक्षण अस्पतालद्वारा स्वास्थ्य बिमा कार्यक्रम बन्द

काठमाडौं– महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रममार्फत

अमेरिकामा इरानविरोधी र्‍याली भइरहेका बेला ट्रक छिर्‍यो, कैयौँ मानिस घाइते

वासिङ्टन- अमेरिकामा इरानी सर्वोच्च नेता आयतुल्लाह अली खामेनेईविरुद्ध भइरहेको प्रदर्शनका

एलजीको टी-२० विश्वकप यात्रा : दोस्रो चरणको विजेता घोषणा

काठमाडौं– एलजी नेपालले वानखेड़े स्टेडियममा नेपाल टोलीको खेल प्रत्यक्ष हेर्न