कोरोना कहर : तिहारमा न पड्के पटका, न बजे देउसी गीत ! « Khabarhub

कोरोना कहर : तिहारमा न पड्के पटका, न बजे देउसी गीत !


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की- विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण यस वर्ष पोखरा र आसपासका क्षेत्रमा तिहारको रौनकता देखिएन ।

विगतमा तिहार शुरु भएसँगै परम्परागत पोशाकसहित निस्कने देउसी भैलो खेल्ने समूहका कारण पोखरामा छुट्टै चहलपहल देखिन्थ्यो । यस वर्ष कोरोना महामारी फैलने जोखिमीलाई दृष्टिगत गरी कास्की जिल्ला प्रशासनले देउसी भैलो खेल्नमा रोक समेत लगाएको थियो ।

बढ्दो जोखिमीका कारण सर्वसाधारणमा पनि कोरोनाप्रतिको सजगता देखिएको छ । घरघरमा सामान्य दीपावली गरिए पनि यस वर्ष तिहारको रौनकता नदेखिएको स्थानीय भरतराज पौडेलले बताए ।

विगतमा लुकीछिपी पड्काइने पटकाका आवाज यस वर्ष सुन्न पनि मुस्किल जस्तै बनेको बताउँदै उनले कोरोनाको त्राससँगै जुवा तास खेल्ने क्रममा पनि कमी आएको जानकारी दिए ।

घरघरमा सर्वसाधारणले सामान्यरूपमा कुकुर, गाई, गोरुको पूजा गर्नुका साथै भाइटीकाको पनि त्यही रूपमा तयारी गरेका छन् । टाढाटाढा रहेका अधिकांश दिदीबहिनी तथा दाजुभाइलाई यस वर्ष कोरोना महामारीका कारण आवतजावत गर्नसमेत असहज भएको भन्दै अर्को वर्ष टीका लगाउने वाचाका साथ आआफ्नै ठाउँमा बस्नु बाध्यता बनेका छ ।

फूलमा आत्मनिर्भर बन्दै गएको पोखरामा यस वर्ष कोरोना महामारीका कारण पुष्प व्यवसायीले पनि तिहारलाई अड्कलेर फूल लगाएको यहाँका व्यवसायी बताउँछन् ।

कोरोना महामारी शुरु भएसँगै गरिएको बन्दाबन्दीका कारण औपचारिक सभा समारोह हुन नसकेपछि लगाइएका फूलको समेत खपत हुन नसकेको भद्रकारी नर्सरीका सञ्चालक प्रेमबहादुर रानाले जानकारी दिए ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  १२ : ५० बजे

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका

नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम अब नरेन्द्र मोदी विमानस्थल

काठमाडौँ- भारतमा नोएडा अन्तर्राष्ट्रिय विमानस्थलको नाम परिवर्तन गरी नरेन्द्र मोदी

लिग-२ : नेपालले विश्वकप खेल्ने सम्भावना कति ?

काठमाडाैँ – आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजको

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति