न्हूदँ वर्षैभरि मनाउने परम्परा बसालौं – मन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

न्हूदँ वर्षैभरि मनाउने परम्परा बसालौं – मन्त्री श्रेष्ठ


१ मंसिर २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ –  नव वर्ष नेपाल सम्वत् ११४१ आजदेखि प्रारम्भ भएको छ । दासत्व जीवन व्यतित गरिरहेका देशवासीलाई ऋणबाट मुक्त गरेर मुलुककै नामबाट शङ्खधर साख्वाःले आजका दिन नेपाल सम्वत् स्थापना गरेका हुन् ।

लिच्छवि राजा राघवदेवको शासनकालमा साख्वाःले गरेको अद्वितीय योगदानको कदर गर्र्दै नेपाल सरकारले साख्वाःलाई राष्ट्रिय विभूति घोषणा गरेको छ । यसकै स्मरणमा हरेक वर्ष मङ्सिर ९ गते शङ्खधर दिवस मनाइँदै आइएको छ ।

नव वर्ष प्रारम्भ भएको अवसरमा आज भृकुटीमण्डपस्थित राष्ट्रिय सभागृहमा नेपाल सम्वत् ११४१ न्हूँद राष्ट्रिय समारोह समितिले एक शुभकामना सभाको आयोजना गर्‍यो ।

कोभिड–१९ महामारीका कारण सामाजिक दूरी कायम गरी सीमित व्यक्तिको सहभागितामा आयोजित उक्त सभालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले नव वर्षको उत्सवलाई वर्षको एक पटक मात्र तामझाम गरी मनाउनुको साटो यसलाई वर्षैभरि निरन्तर रुपमा मनाउनुपर्ने सुझाव दिए ।

उनले भने – “नव वर्ष शुरु भएको केही दिन जुर्मुराउने र त्यसपछि सुस्ताउने हाम्रो बानी छ । यसलाई हामीले त्यागेर वर्षैभरि मनाउने परम्परा बसाल्नुपर्छ ।”

नेपाल सम्वत् जनजनमा फैलाउन र चिरस्थायी बनाउन दीर्घकालीन योजना बनाउनुपर्ने पक्षमा प्रधानमन्त्री केपी शर्मा ओली स्वयं रहेको जानकारी दिँदै उनले भने – “नेपाल सम्वत्को विषयमा तपाईँहरुबाट एक दीर्घकालीन प्रस्ताव आओस् ।”

नेवार समुदायको एकताको प्रतीक ‘मंकाः छेँ’ बनाउने अभियानमा काठमाडौँ महानगरपालिकाले सहयोग गरिरहेको र त्यसमा आवश्यक परे शहरी विकास मन्त्रालयले पनि सहयोग गर्ने वचनबद्धता मन्त्री श्रेष्ठले प्रकट गरे ।

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले रानीपोखरीमा मङ्सिर ६ गते शङ्खधरको सालिक अनावरण गरिने जानकारी दिए ।

न्हूँद समारोह समितिका अध्यक्ष रमेश महर्जनको सभापतित्वमा भएको उक्त सभामा समितिका कोषाध्यक्ष अमृत ताम्राकारले नेपाल सम्वत् ११४० न्हूदँ समारोह समितिको वर्षभरिको आयव्ययको विवरण प्रस्तुत गरेका थिए ।

नव वर्ष प्रारम्भ भएको खुशियालीमा बिहान बसन्तपुरबाट सांस्कृतिक  र्‍याली निकालेर काठमाडौँको भित्री शहर परिक्रमा गरी शुभकामना आदानप्रदान गर्ने गरिएकामा यस वर्ष कोभिड–१९ महामारीका कारण र्‍याली निस्केन । प्रधानमन्त्रीको मुख्य आतिथ्यता बसन्तपुरमा गरिने सार्वजनिक समारोह यस पटक राष्ट्रिय सभागृहमा गरिएको हो ।

बसन्तपुरमा भने आज बिहान शङ्खधरको अद्र्ध कदको प्रतिमा स्थापना गरी श्रद्धासुमन अर्पण गरिएको थियो ।

हरेक वर्ष कात्तिक शुक्ल प्रतिपदाका दिन बेलुकी नेवार समुदायले मण्डल अगाडि बसी म्हः पूजा गर्ने गर्छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ४ : १४ बजे

नागार्जुनस्थित एक स्टिकर गोदाममा आगलागी

काठमाडौं– काठमाडौंको नागार्जुन नगरपालिकास्थित एक स्टिकर गोदाममा आगलागी भएको छ

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ । बैठक बिहान

इरानमा अत्यन्त सफलतापूर्वक आक्रमण गरेको ट्रम्पको दाबी

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा सफलतापूर्वक आक्रमण गरेको

यी भूभागमा धेरै ठूलो पानी पर्ने सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इरानको आणविक केन्द्रमा अमेरिकी आक्रमण : ट्रम्पले दिए सेनालाई बधाई

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका तीन आणविक केन्द्रमा